पियोर इनर्जीले आईपीओ निष्कासनको अनुमति पायो  « Khabarhub

पियोर इनर्जीले आईपीओ निष्कासनको अनुमति पायो 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल धितोपत्र बोर्डले पियोर इनर्जी लिमिटेडलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्कासनको अनुमति दिएको छ । बोर्डले आज (फागुन २ गते) कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो । 

इनर्जीले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता शेयर निष्कासन गर्ने भएको जानकारी दिएको छ । कम्पनीको कुल चुक्ता पुँजी ८० करोड रहेको छ । जसमा संस्थापकको ८० प्रतिशत स्वामित्व रहेको छ भने २० प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन हुन छ । 

कम्पनीको  बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट रहेको छ ।

बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेको छ । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गरिरहेको कम्पनीको दाबी छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ४ : १९ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार