खेलकुदले देशलाई चिनाई रहेको छ : मुख्यमन्त्री कँडेल  « Khabarhub

खेलकुदले देशलाई चिनाई रहेको छ : मुख्यमन्त्री कँडेल 


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुदको माध्यमबाट खेलाडीले देशलाई चिनाई रहेको बताएका छन् । 

आज १६ औँ सुर्खेत जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कम स्रोत र साधनबीच खेलाडीहरूले आफ्नो मेहनतले देशलाई नै विश्वसामु चिनाएको मुख्यमन्त्री कँडेलले बताए । 

विद्यालयमा रहेका हरेक विद्यार्थीहरूलाई खेलकुदका माध्यम असल नागरिक बनाउन सकिने हुँदा खेलकुद महत्त्वका साथ सबैले हेर्नू पर्ने मुख्यमन्त्री कँडेलले बताए ।

 खेल क्षेत्रलगाएतका अन्य क्षेत्रको विकास गर्नका लागि जनतादेखि राजनीति दल मिल्नुको विकल्प नभएको मुख्यमन्त्री कँडेलको भनाई थियो । 

कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेश सभा सदस्य खड्गबहादुर पोखरेल, गाउँपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागी रहेको थियो । कार्यक्रमको आयोजना जिल्ला खेलकुद समिति सुर्खेतले गरेको थियो । 

 सिम्ता गाउँपालिकामा आयोजना गरिएको उक्त रनिङ शिल्ड प्रतियोगितामा सुर्खेत जिल्लाका सबै पालिकाहरूले सहभागिता रहेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ६ : २५ बजे

पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै

कास्की– कास्कीको पोखरा महानगरपालिकाले आज ६७औँ स्थापना दिवस मनाउँदै छ

कोपा डेल रे : बार्सिलोनाको सहज जित

काठमाडौं – स्पेनिस कप प्रतियोगिता कोपा डेल रेमा बार्सिलोनाले सहज

एमालेमा नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान, ८० वटा भोटिङ मेसिन तयार

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका

२०८२ साल अनुरूप नै २०८३ को पञ्चाङ्ग पात्रो प्रकाशन हुने

काठमाडौं – विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

निर्वाचन ७८ दिन बाँकीः १० वटा मात्रै झण्डा प्रयोग पाउने, कस्तो बन्यो आचारसंहिता ?

काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग