अर्थविद् डा. चन्दको पुस्तक ‘की अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक « Khabarhub

अर्थविद् डा. चन्दको पुस्तक ‘की अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक


३ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको आर्थिक विकासको मार्गचित्र पहिल्याउने उद्देश्यका साथ अर्थविद् डाक्टर शेरजंग बहादुर चन्दद्वारा लिखित पुस्तक ‘की अफ हाउ टु डेभलप नेपाल’ सार्वजनिक भएको छ । 

इन्दिगो इन्कद्वारा प्रकाशित पुस्तकमा नेपाललाई आर्थिक समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भन्ने आवश्यक रणनीति, नीति र उपायहरू लेखिएका छन् ।

पुस्तकमा नेपालको दिगो विकासका लागि आवश्यक औद्योगिक प्रवर्द्धन, पर्यटन क्षेत्रको विस्तार, वैदेशिक लगानी आकर्षण, भौतिक संरचनाको विकास तथा सञ्चार प्रविधिको सशक्तीकरण कसरी सम्भव छ भन्ने विषयहरू पनि समेटिएका छन् । 

सहरी तथा ग्रामीण क्षेत्रको सन्तुलित विकास योजना, शिक्षा प्रणाली सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, प्रविधि तथा नवीनतम आविष्कारहरूमा जोड दिँदै अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार तथा अन्य राष्ट्रहरूबाट सिक्न सकिने कुराहरू पुस्तकमा समावेश गरिएको लेखक चन्दले बताए ।

पुस्तकमा समेटिएका प्रमुख विषयहरूमा उद्योग र व्यापारको प्रवर्द्धन, नेपालमा साना तथा ठूला उद्योगको विकासका उपाय, सरकारी तथा निजी क्षेत्रको सहकार्य, स्वदेशी उत्पादनको प्रवर्द्धन तथा निर्यात वृद्धिका उपाय रहेका छन् । 

पर्यटन क्षेत्रको विकासमा केन्द्रित रहेर नेपाललाई प्रमुख पर्यटन गन्तव्य बनाउन सकिने रणनीति र त्यसका लागि पूर्वाधार निर्माण तथा पर्यटन प्रवर्द्धन नीति पनि पुस्तकमा समेटिएको चन्दले बताए । 

उनले स्थानीय समुदायको संलग्नता र फाइदा, वैदेशिक लगानीको आकर्षण, लगानीमैत्री नीति तथा कानुनी सुधार आवश्यकताहरू समेटिएको पनि जानकारी दिए । 

पुस्तकमा नेपालमा प्रत्यक्ष विदेशी लगानी एफडीआई भित्र्याउने रणनीति, नेपालका सम्भावित क्षेत्रहरूमा लगानी अवसरबारे पनि लेखिएको छ ।

त्यस्तैगरी भौतिक संरचनाको विकासका लागि सडक, रेल, विमानस्थल तथा ऊर्जा क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्दै पूर्वाधार निर्माणमा सार्वजनिक–निजी साझेदारी (एएए) को भूमिका, प्रभावकारी नीति तथा कार्यान्वयन रणनीति समेटिएको पनि लेखक चन्दले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १२ : २३ बजे

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण

सिरहा– पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनको प्रस्ताव पेस गर्ने तयारी

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पटक

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण