नयाँ दिल्ली रेलवे स्टेशटनमा भागदौड, महाकुम्भ गइरहेका १८ जनाको मृत्यु « Khabarhub

नयाँ दिल्ली रेलवे स्टेशटनमा भागदौड, महाकुम्भ गइरहेका १८ जनाको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा अत्यधिक भीडका कारण शनिबार राति कम्तीमा १८ जनाको ज्यान गएको छ।

अस्तव्यस्त रहेको रेलवे स्टेशनमा अचानक मच्चिएको भागदौडका क्रममा १८ जनाले ज्यान गुमाएका हुन् ।

यस क्रममा कयौँ मानिस घाइते भएका छन् । यो भागदौडका क्रममा केही नेपाली पनि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

यो घटनापछि रेलवेले यस मामिलामा उच्चस्तरीय जाँचको आदेश दिएको छ । घटनास्थलमा एनडीआरएफको टोली पनि पुगेको छ । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका उपराज्यपाल, कार्यवाहक मुख्यमन्त्री आतिशीसमेत कयौँले दु:ख व्यक्त गरेका छन् ।

भागदौडका क्रममा त्यहाँ कुल्लीहरू सहयोगमा जुटेका थिए । स्टेशनमा रहेका कुल्ली कृष्ण कुमार जोगीले बताएअनुसार प्रयागराज जाने रेल आएपछि भीड बढेको थियो । रेल आएपछि भएको ठेला ठेलका क्रममा मानिसहरू उकुसमुकुस भएका थिए । करिब १०-१५ जनाको त्यहीँ मृत्यु भयो ।

भागदौडपछि स्टेशनमा केबल मानिसका जुत्ता र चप्पल मात्रै थिए । प्लेटफर्म १२ मा पर्खिरहेको भीड र बाहिरबाट आएको भीड प्लेटफर्म १६ मा जाने क्रममा यो घटना भएको हो । त्यही क्रममा मानिसहरूबीच ठेलाठेल हुन थाल्यो ।

डक्टर राम मनोहर लोहिया अस्पतालमा पोस्टमार्टमका लागि ५ वटा शव लगिएको छ । आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले एक्समा पोस्ट लेख्दै नयाँ दिल्ली रेलवे स्टेशनमा भएको घटनामा महाकुम्भ गइरहेका श्रद्धालुको मृत्यु दुर्भाग्यपूर्ण र दर्दनाक भनेका छन् ।

यसैबीच दिल्ली रेलवे स्टेशनमा भएको घटनापछि मृतकका परिवारजन र घाइतेका लागि सरकारकोतर्फबाट क्षतिपूर्ति घोषणा गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : १७ बजे

चौध दिनमै पदमुक्त भए श्रममन्त्री साह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार

राप्रपा कोशीका प्रवक्ता राउतले दिए राजीनामा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कोशी प्रदेश कार्यसमिति प्रवक्ता

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन

नीति तथा कानुन निर्माणमा सहजीकरण गर्न सदैव तयार छु : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा ऐन कानुन निर्माण