नयाँ दिल्ली रेलवे स्टेशटनमा भागदौड, महाकुम्भ गइरहेका १८ जनाको मृत्यु | Khabarhub Khabarhub

नयाँ दिल्ली रेलवे स्टेशटनमा भागदौड, महाकुम्भ गइरहेका १८ जनाको मृत्यु


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेशनमा अत्यधिक भीडका कारण शनिबार राति कम्तीमा १८ जनाको ज्यान गएको छ।

अस्तव्यस्त रहेको रेलवे स्टेशनमा अचानक मच्चिएको भागदौडका क्रममा १८ जनाले ज्यान गुमाएका हुन् ।

यस क्रममा कयौँ मानिस घाइते भएका छन् । यो भागदौडका क्रममा केही नेपाली पनि घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

यो घटनापछि रेलवेले यस मामिलामा उच्चस्तरीय जाँचको आदेश दिएको छ । घटनास्थलमा एनडीआरएफको टोली पनि पुगेको छ । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीका उपराज्यपाल, कार्यवाहक मुख्यमन्त्री आतिशीसमेत कयौँले दु:ख व्यक्त गरेका छन् ।

भागदौडका क्रममा त्यहाँ कुल्लीहरू सहयोगमा जुटेका थिए । स्टेशनमा रहेका कुल्ली कृष्ण कुमार जोगीले बताएअनुसार प्रयागराज जाने रेल आएपछि भीड बढेको थियो । रेल आएपछि भएको ठेला ठेलका क्रममा मानिसहरू उकुसमुकुस भएका थिए । करिब १०-१५ जनाको त्यहीँ मृत्यु भयो ।

भागदौडपछि स्टेशनमा केबल मानिसका जुत्ता र चप्पल मात्रै थिए । प्लेटफर्म १२ मा पर्खिरहेको भीड र बाहिरबाट आएको भीड प्लेटफर्म १६ मा जाने क्रममा यो घटना भएको हो । त्यही क्रममा मानिसहरूबीच ठेलाठेल हुन थाल्यो ।

डक्टर राम मनोहर लोहिया अस्पतालमा पोस्टमार्टमका लागि ५ वटा शव लगिएको छ । आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले एक्समा पोस्ट लेख्दै नयाँ दिल्ली रेलवे स्टेशनमा भएको घटनामा महाकुम्भ गइरहेका श्रद्धालुको मृत्यु दुर्भाग्यपूर्ण र दर्दनाक भनेका छन् ।

यसैबीच दिल्ली रेलवे स्टेशनमा भएको घटनापछि मृतकका परिवारजन र घाइतेका लागि सरकारकोतर्फबाट क्षतिपूर्ति घोषणा गरिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १२ : १७ बजे

राष्ट्रपति पौडेलसँग एनसीसी प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी

स्ववियु निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

छात्रवृत्तिमा आवेदन दिनेको संख्या नै पुगेन, प्रधानमन्त्रीले निकाले सूचना

काठमाडौं– शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विभिन्न विषयका लागि

कालीमाटी तरकारी बजारको काउलीमा अत्यधिक मात्रामा विषादी भेटियो 

काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काउलीमा अत्यधिक मात्रामा

चापाकोटका छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा

वालिङ– यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य