प्रदेशका मन्त्रीको गुनासो– अस्पतालमा काम गर्न कर्मचारी नै छैनन् | Khabarhub Khabarhub

प्रदेशका मन्त्रीको गुनासो– अस्पतालमा काम गर्न कर्मचारी नै छैनन्


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले प्रदेशभित्रका अस्पतालमा कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताएकी छन् ।

अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रमअन्तर्गत न्यूनतम सेवा मापदण्ड फलोअप कार्यक्रमबारे जानकारी दिने उद्देश्यले दमौली अस्पतालले मंगलबार दमौलीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पुनले कर्मचारी समायोजनका कारण प्रदेशभित्र कर्मचारी व्यवस्थापन गर्न समस्या परेको बताइन् ।

मन्त्री पुनले कर्मचारी समायोजनका क्रममा धेरै कर्मचारीले सङ्घ रोजेका कारण प्रदेशमा कर्मचारी अभाव भएको उल्लेख गर्दै जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्यमन्त्रीसँग पटक–पटक छलफल गरेपनि समस्या समाधान हुन नसकेको बताइन् ।

‘धेरै अस्पतालहरुमा कर्मचारी रिक्त छन्, कर्मचारीको व्यवस्थापनमा सरकारलाई समस्या परिरहेको छ,’ उनले भनिन्, ‘भइरहेको जनशक्ति व्यवस्थापन गर्दै जनतालाई उच्चतम सेवा प्रवाह गर्न सक्नुपर्दछ ।’

दमौली अस्पतालका प्रमुख डा सुनिल पौडेलले कर्मचारी अभावकै बीचमा पनि आफूहरुले जनतालाई गुणस्तरीय सेवा प्रवाह गरिरहेको बताउँदै अस्पतालमा सरकारीतर्फ २४ को दरबन्दी भएपनि हाल १८ जना र अस्पताल विकास समितिमार्फत् ३३ जना कर्मचारी कार्यरत रहेको जानकारी दिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  २ : २२ बजे

अनेरास्ववियूद्वारा माधव र सुदेशलाई सम्मान

काठमाडौं– अनेरास्ववियूले ६१औं विद्यार्थी दिवसको अवसरमा विचार गोष्ठी तथा सम्मान

दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा

बैतडी– दशरथचन्द नगरपालिकाले आफ्नो कार्यक्षेत्रका पाँचवटा माध्यमिक विद्यालयमा आयुर्वेद शिक्षाको

आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन

काठमाडौं– काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डङ्गोलले आफ्नै उत्पादनसँग बजारीकरण र

सगरमाथा संवादको उद्घाटन गर्दै प्रधानमन्त्री ओली : सोल्टी होटेलमा विशेष कार्यक्रम

काठमाडौं – शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’

‘आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सहयोग गर्छौं’

काठमाडौं– नेपालका लागि इजरायलका राजदूत श्मुलिक ए बासले आतङ्वादी आक्रमणमा