गाजाबाट प्यालेस्टाइनी हटाउने ट्रम्पको योजनामा नेतान्याहुको समर्थन « Khabarhub

गाजाबाट प्यालेस्टाइनी हटाउने ट्रम्पको योजनामा नेतान्याहुको समर्थन


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाबाट प्यालेस्टाइनीलाई हटाएर अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना उत्कृष्ट रहेको बताएका छन्।

आइतबार जेरुसेलममा इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी विदेशमन्त्री मार्क रुबियोको भेटमा उनले यस्तो बताएका हुन्। सोही भेटवार्तापछि नेतान्याहुले गाजाका बारे प्रस्ट बाटो तय हुने बताएका छन्।

सोही भेटमा गाजालाई अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको दृष्टिकोणलाई कार्यान्वयनका बारे पनि सल्लाह भएको छ। अहिले मध्यपूर्वमा रहेको रुबियो साउदी अरेबियामा हुने रुस र अमेरिकाको शान्ति वार्तामा सहभागी हुनेछन्।

आइतबारको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा आयोजना भएको थियो। पत्रकार सम्मेलनमा आसाद सरकारको पतन पछिको सिरिया, इरानले निर्माण गर्नसक्ने आणविक हतियार तथा हमासको शक्तिलाई कसरी कमजोर पार्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ।

नेतान्याहुले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) माथि अमेरिकाले प्रतिबन्ध लगाएकोमा धन्यवाद समेत दिएका छन्।आइसिसीले गत वर्ष नेतान्याहुसहित तत्कालीन इजरायली रक्षामन्त्री युसुफ गालान्ट र सो समयका हमासका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

अमेरिकाले पठाएको बम इजरायल पुगेको केही समयपछि रुबियो पनि त्यहाँ पुगेका थिए।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ५८ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट