गाजाबाट प्यालेस्टाइनी हटाउने ट्रम्पको योजनामा नेतान्याहुको समर्थन | Khabarhub Khabarhub

गाजाबाट प्यालेस्टाइनी हटाउने ट्रम्पको योजनामा नेतान्याहुको समर्थन


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाबाट प्यालेस्टाइनीलाई हटाएर अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना उत्कृष्ट रहेको बताएका छन्।

आइतबार जेरुसेलममा इजरायली प्रधानमन्त्री नेतान्याहु र अमेरिकी विदेशमन्त्री मार्क रुबियोको भेटमा उनले यस्तो बताएका हुन्। सोही भेटवार्तापछि नेतान्याहुले गाजाका बारे प्रस्ट बाटो तय हुने बताएका छन्।

सोही भेटमा गाजालाई अमेरिकी नियन्त्रणमा राख्ने ट्रम्पको दृष्टिकोणलाई कार्यान्वयनका बारे पनि सल्लाह भएको छ। अहिले मध्यपूर्वमा रहेको रुबियो साउदी अरेबियामा हुने रुस र अमेरिकाको शान्ति वार्तामा सहभागी हुनेछन्।

आइतबारको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा आयोजना भएको थियो। पत्रकार सम्मेलनमा आसाद सरकारको पतन पछिको सिरिया, इरानले निर्माण गर्नसक्ने आणविक हतियार तथा हमासको शक्तिलाई कसरी कमजोर पार्ने भन्ने विषयमा छलफल भएको जनाइएको छ।

नेतान्याहुले अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) माथि अमेरिकाले प्रतिबन्ध लगाएकोमा धन्यवाद समेत दिएका छन्।आइसिसीले गत वर्ष नेतान्याहुसहित तत्कालीन इजरायली रक्षामन्त्री युसुफ गालान्ट र सो समयका हमासका शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

अमेरिकाले पठाएको बम इजरायल पुगेको केही समयपछि रुबियो पनि त्यहाँ पुगेका थिए।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ५८ बजे

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न