परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रीलंकाली विदेशमन्त्री विजिता हेराथबीच भेटवार्ता भएको छ । आठौं हिन्द महासागर सम्मेलनका बेला राणा र हेराथबीच साइडलाइन वार्ता भएको हो । 

‘हामीले व्यापार विस्तार र जलवायु न्यायका लागि सहकार्यमा केन्द्रित नेपाल-श्रीलंका सम्बन्धको समीक्षा गर्यौं। मैले हाम्रा देशहरू बीच थप हवाई सम्पर्कको लागि पनि अनुरोध गरें, जसमा कोलम्बो-भैरहवा सिधा उडानहरू पनि समावेश छन्,’ श्रीलंकाली समकक्षी हेराथसँगको भेटवार्तापछि राणाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

आइतबार राणा र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको थियो । सात दिने भ्रमणका क्रममा राणा ओमानको मस्कटमा छिन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  १ : ३० बजे

ओलीको पतनपछि योगेशको प्रस्ताव- नयाँ ढंगले पार्टी नेतृत्व पुनर्गठन गरौँ

काठमाडौँ– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी नेतृत्व पुनर्गठनको

धादिङ कारागार तनावग्रस्त, आगोको मुस्लो देखियो

काठमाडौँ – जिल्ला कारागार धादिङ तनावग्रस्त बनेको छ । कारागार

विदेशी नागरिकले नजिकै तैनाथ सुरक्षाकर्मीसँग सम्पर्क गर्नुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले विद्यमान जटिल परिस्थितिको कारण अलपत्र अवस्थामा

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको