नेपाल नागरिकता विधेयकमाथि छलफलको प्रस्ताव स्वीकृत | Khabarhub Khabarhub

नेपाल नागरिकता विधेयकमाथि छलफलको प्रस्ताव स्वीकृत


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

सभामुख देवराज घिमिरेले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्तुत गरेको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । फागुन ४ गतेको बैठकमा गणपूरक सङ्ख्याको अभावमा यो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन ।

यसैगरी प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१’ का सम्बन्धमा सन्देशसहितको विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन् ।

त्यसैगरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आव २०७९-८०) र सातौँ वार्षिक प्रतिवेदन (आव २०८०र८१) ’ पेस गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ३ : ४६ बजे

खानेपानीका स्थानीय योजनामा बजेट अभाव

पाँचथर– पाँचथरका पालिका तथा वडास्तरमा निर्माण तथा मर्मत भइरहेका खानेपानीका

मुस्ताङमा आज पनि भारी हिमपात

मुस्ताङ– मुस्ताङमा सोमबार रातिदेखिको हिमपात जारी रहेको छ । भारी

इलामका बाढीपीडितलाई जर्मनीको सहयोग

काठमाडौं– सङ्घीय गणतन्त्र जर्मनीले इलामका बाढी प्रभावितलाई ६३ लाख ९६

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं- सोलुखुम्बुको लोबचेुमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको

देशको राष्ट्रिय सुरक्षा खतरामा छ : प्रदीप ज्ञवाली

धरान— नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एकीकृत समाजवादी (नेकपा