चिनियाँ हतियार निर्माता कम्पनीका उपमहानिर्देशकमाथि भ्रष्टाचारको आरोप « Khabarhub

चिनियाँ हतियार निर्माता कम्पनीका उपमहानिर्देशकमाथि भ्रष्टाचारको आरोप


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा राज्यसञ्चालित एउटा रक्षा उपकरण निर्माता कम्पनीका उपमहानिर्देशकमाथि भ्रष्टाचारको आरोप लागेको छ । चीनको केन्द्रीय अनुशासन निरीक्षण आयोगले चाइना साउथ इन्डस्ट्रिज ग्रुप कर्पोरेसन (सीएसजीसी) का उपमहानिर्देशक लिउ वेइडोङमाथि छानबिन थालेको छ ।

‘कम्युनिष्ट पार्टीको अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको’ आशंकमा उनीमाथि छानबिन थालिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । सीएसजीसी चिनियाँ जनमुक्ति सेनाका लागि रक्षा उपकरण उत्पादन गर्ने मुख्य कम्पनी हो । यो कम्पनी पछिल्ला केही वर्षयता फच्र्युन ५०० को सूचीमा पनि समावेश हुने गरेको छ ।

स्टकहोल्म इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार यस कम्पनी संसारको २८ औँ ठूलो रक्षा उपकरण निर्माता पनि हो । इन्जिनियरका रूपमा आफ्नो करिअर शुरु गरेका लिउ सन् २०१८ मा उक्त कम्पनीको उपमहानिर्देशक बनेका थिए । 

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ४८ बजे

काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनु पर्ने

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई