२०२४ मा पाकिस्तानमा ६ पत्रकारको हत्या « Khabarhub

२०२४ मा पाकिस्तानमा ६ पत्रकारको हत्या


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा सन् २०२४ मा पत्रकारको हत्याका घटनामा उल्लेख्य वृद्धि भएको पाइएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले सार्वजनिक गरेको तथ्यांकमा पाकिस्तानमा उक्त अवधिमा ६ जना पत्रकारको हत्या भएको छ ।

त्यसअघि सन् २०२१ यता पाकिस्तानमा एक जना पत्रकार पनि मारिएका थिएनन् । यद्यपि राजनीतिक अस्थिरताका कारण एकै वर्षमा पाकिस्तानले ६ जना पत्रकार गुमाएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनका अनुसार उक्त अवधिमा इजरायल र प्यालेस्टाइनबीच जारी युद्धका क्रममा सबैभन्दा धेरै पत्रकार मारिएका छन् । सो अवधिमा उक्त युद्धका क्रममा ८५ जना पत्रकारको हत्या भएको छ । मारिनेमध्ये ८२ जना प्यालेस्टाइनी छन् ।

दोस्रोमा सुडान र पाकिस्तानमा समान ६ जना पत्रकारको हत्या भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ६ : ५७ बजे

काठमाडौं चौथोमै सीमित, लुम्बिनीले फाइनल खेल्न विराटनगरलाई हराउनु पर्ने

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई