मस्को– रुसी सेनालाई कसरी आत्मसमर्पण गराउने भनेर युट्युब क्लिप राखेको भन्दै रुसले गुगललाई ठुलो परिणामको जरिवाना गरेको छ ।
एक रूसी अदालतले अल्फाबेटको गुगललाई ३.८ मिलियन रूबल जरिवाना गराएको हो । अदालतले भनेको छ कि ‘रूसको आत्मसमर्पण’ सम्बन्धी युट्युबमा सामग्री होस्ट गरेको अभियोगमा जरिवाना गरिएको हो ।
जसमा रूसी सैनिकहरूलाई आत्मसमर्पण गर्न निर्देशन दिने भिडियोहरू समावेश रहेको रूसको सरकारी स्वामित्वको तास समाचार एजेन्सीले जनाएको छ ।
रसियाले धेरै वर्षदेखि विदेशी टेक्नोलोजी प्लेटफर्महरूलाई गैरकानूनी भन्दै सामग्री हटाउन आदेश दिइरहेको छ, यसमध्यमा रूस युक्रेनमा युद्धको बारेमा बनाइएका भिडियोहरूले भ्रम छरेको रूसको लामाे समय देखी आरोप रहदै आएकाे छ ।
गुगलले भने सो जरिवाना पछि कुनै प्रतिक्रिया दिएको छैन ।
पुटिनले गत डिसेम्बरमा गुगललाई अमेरिकी सरकारको राजनीतिक अंक प्राप्त गर्न प्रयोग गर्ने उपकरण भएको आरोप लगाएका थिए ।
प्रतिक्रिया