ओडिसामा नेपाली विद्यार्थीमाथि ज्यादतीबारे परराष्ट्रमन्त्री भन्छिन्- तदारुकताका साथ कूटनीतिक पहल भइरहेको छ | Khabarhub Khabarhub

ओडिसामा नेपाली विद्यार्थीमाथि ज्यादतीबारे परराष्ट्रमन्त्री भन्छिन्- तदारुकताका साथ कूटनीतिक पहल भइरहेको छ


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


537
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्रालयले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको भएको घटनाबारे आवश्यक कूटनीतिक पहल भइरहेको जनाएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालिरहेको बताएकी हुन् । 

एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेका मन्त्री डा. देउवाले यससम्बन्धी समाचार सामाजिक सञ्जाल तथा मिडियामा आएपछि यस विषयलाई गम्भीर रूपमा लिएर बिहानदेखि कूटनीतिक पहल सुरु गरेको जानकारी दिइन् ।  

मन्त्री डा. देउवाले उक्त घटनाका सन्दर्भमा आफू सम्बद्ध पक्षसँग बिहानैदेखि सम्पर्कमा रहेर भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याबारे तत्परता लिई काम गर्न निर्देशन दिएको जानकारी दिइन्। 

त्यही बमोजिम राजदूत डा शर्माले काम गरिरहेको बताउँदै उनले केही बेरअघि नेपाली राजदूताबास नयाँ दिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको जनाएकी छन् ।

त्यसैगरी आजै अपराह्न आफूले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको बताएकी छन् । उनले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिएको मन्त्री डा. देउवाले बताइन्। 

यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको र पछिल्लो अवस्थाबारे जानकारी गराउने पनि मन्त्री देउवाले बताएकी छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : १६ बजे

काठमाडौँमा ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले डिजिटल अपराध नियन्त्रण, अनुसन्धान, अभियोजन तथा न्यायिक

पुल भत्किँदा दुई चिनियाँसहित चार जनाको मृत्यु, छ घाइते

एजेन्सी– दक्षिण कोरियाको एक द्रुतमार्ग निर्माण स्थलमा मंगलबार पुल भत्किँदा

मछिन्द्र क्लब केपी ओली कपको सेमिफाइनलमा

काठमाडौं- मछिन्द्र क्लब जारी केपी ओली कपको सेमिफाइनलमा पुगेको छ

रक्षाखर्च आधा गर्ने ट्रम्पको प्रस्तावमा पुटिनको समर्थन, चीनको असहमति

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस, संयुक्त राज्य अमेरिका र

रौतहट प्रहरीद्वारा १२ वटा चोरीका मोटरसाइकल बरामद

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले १२ दिनमा