बन्दीपुर-६ का वडाध्यक्षको कुटपिटबाट वडासचिव गम्भीर घाइते | Khabarhub Khabarhub

बन्दीपुर-६ का वडाध्यक्षको कुटपिटबाट वडासचिव गम्भीर घाइते


५ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

पोखरा – तनहुँको बन्दीपुर गाउँपालिका–६ मा वडाध्यक्षको कुटपिटबाट वडासचिव गम्भीर घाइते भएका छन्। भुक्तानी विवादका क्रममा वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नवीन भुसाललाई कार्यालयमै कुटपिट गरेका हुन्।

बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यका अनुसार भलिबल प्रतियोगिताको भुक्तानी प्रक्रियामा विवाद हुँदा वडाध्यक्ष गुरुङले सचिव भुसाललाई कुटपिट गरेका हुन्। सचिवले आवश्यक कागजात अध्ययनपछि प्रक्रिया अघि बढाउने बताएपछि वडाध्यक्षले आक्रोशित हुँदै हातपात गरेको उनले जानकारी दिए।

‘सचिव भर्खरै मात्र आएका कारण उनले प्रमाण नदेखिएपछि शंका गर्नु स्वाभाविक थियो। तर, वडाध्यक्षले दबाब दिएर कार्यालयमै कुटपिट गरे’ प्रशासकीय अधिकृत आचार्यले भने।’

सोमबार बिहान १० बजे घटना भएको थियो। कुटपिटबाट गम्भीर घाइते सचिव भुसाललाई प्रारम्भिक उपचारपछि भरतपुर रिफर गरिएको छ। उनको गाला र घाँटीमा चोट लागेको छ।

घटनाबारे वडाध्यक्ष गुरुङसँग बुझ्ने प्रयास गर्दा उनले आफू प्रहरी कार्यालयमा रहेको भन्दै पछि मात्र प्रतिक्रिया दिने बताए। प्रमुख प्रशासकीय अधिकृत आचार्यले घटनाको अनुसन्धान अघि बढाइसकेको र कानुनी प्रक्रिया थालिएको जानकारी दिए।

वडाध्यक्ष गुरुङ नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि हुन्।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ७ : २२ बजे

अवाञ्छित गतिविधि रोक्न निगरानी गर्दै सेना : सहयोगका लागि नागरिकसँग आह्वान

काठमाडौं – नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले समाजमा

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार