यस्तो छ नेपालमा साइबर क्राइमको अवस्था ! | Khabarhub Khabarhub

यस्तो छ नेपालमा साइबर क्राइमको अवस्था !

साइबर अपराधको मुख्य थलो बन्दै फेसबुक र म्यासेन्जर



सोसियल मिडिया प्लेटफर्म प्रयोग गरेर नेपालमा साइबर अपराध कसरी भइरहेको छ र मानिसहरु कसरी पीडित भइरहेका छन् भन्नेबारे म यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।

अहिलेको समयमा सोसल मिडिया प्रयोग नगर्ने सायद हामीमध्ये कोही छैनौं होला । सोसल मिडिया हामी केका लागि प्रयोग गर्छौं ? तथ्यांक हेर्दा थाहा हुन्छ कि कति प्रतिशत मानिसहरु कहाँ व्यस्त छन् ?

यो सन् २०२३ र २०२४ को तथ्यांक हो । २०२३ मा भन्दा २०२४ मा प्रयोगकर्ताहरुको प्रतशित सबैमा बढेको देखिन्छ ।

कसैले कानूनविपरीत काम गरेको छ भने त्यसलाई हामी अपराध भन्छौं । यसमा साइबर शब्द किन जोडियो भन्दाखेरि यो क्राइममा मोबाइल, ल्यापटप अथवा इन्टरनेटको कनेक्टिभिटीको प्रयोग गरेर मानिसहरुले कुनै पनि गैर कानुनी कार्य गर्नेवित्तिकै त्यसलाई हामी साइबर क्राइम भन्छौं ।

जस्तो– मानसिक पीडा दिने, चरित्र हत्या गर्ने, हिंसा फैलाउने कार्य गर्ने, यौनजन्य अश्लील कुराहरु सेयर गर्ने, तपाईको एटीएम ह्याक गरेर बैंकबाट पैसा लग्दिने जस्ता अपराधहरुलाई हामी साइबर क्राइम भन्छौं ।

सामान्यतः हेर्दाखेरि यो सानो कुरा जस्तो लाग्छ । तर, परम्परागत अपराध र साइबर अपराधलाई तुलना गरेर हेर्ने हो भने धेरै कुराहरुमा फरक देखिन्छ ।

पहिला जति पनि अपराधहरु हुन्थे, त्यसमा अपराधीको भौतिक उपस्थिति अनिवार्य हुन्थ्यो । चोरी गर्नका लागि व्यक्तिको घरमै जानुपर्थ्यो । ढोका फुटाउनुपर्थ्यो । तर, आज त्यही कुरा प्रविधिले यति सजिलो बनाइदिएको छ कि जहाँसुकै भए पनि आफूसँग एउटा मोबाइल र इन्टरनेट भयो भने पहिला जति अपराध हुन्थ्यो, त्यति नै जहाँ बसेर पनि गर्न सकिने प्रविधिले बनाइदिएको छ । परम्परागत अपराध र साइबर अपराधको फरक यही हो । काम त्यही नै हो तर प्रविधिले त्यसलाई फरक गर्दियो ।

जस्तो कि पहिला– पहिला अपराध गर्नका लागि मान्छे खोज्न जानुपर्थ्यो । तर, आजकल सोसल मिडियाको प्लेटफर्मले मान्छे यति सजिलो बनाइदिएको छ कि जहाँसुकै बसेर, जुनबेला पनि जोसुकैलाई पीडित बनाउन केही पनि गाह्रो छैन । हामीले यस्तो देखिरहेका पनि छौं ।

यो तलको तथ्यांकले के देखाउँछ भने मान्छे कहाँ इन्गेज छ ? यो अध्ययनले के देखाउँछ भने एक मिनेटमा मात्रै एउटा फेसबुकमा मात्रै २ लाख ४३ हजार फोटो अपलोड भइरहेको अवस्था छ । भनेपछि सोसल मिडियामा हामी कति ब्यस्त छौं । मान्छे आजकल कहाँ भेटिन्छ भन्ने कुरा यो अध्ययनले पनि देखाउँछ । यो त एउटा प्लेटफर्म, फेसबुकको मात्रै कुरा हो । सोसल मिडियामा अरु पनि प्लेटफर्महरु छन् । फेसबुकमा यति मान्छे छन् भने अरु सोसल मिडियामा कति होलान् ?

सुरुमा हामीले तथ्यांक हे¥यौं । सोसल मिडिया के–का लागि बनाइएको थियो र आज मानिसहरुले यसलाई कसरी प्रयोग गरिरहेका छन् ? सामाजिक सञ्जालबाट चरित्र हत्या गर्ने, ठगी गर्ने, धम्की दिने, महिला बेचबिखन गर्ने, तस्करी गर्ने, फिरौती माग्ने जस्ता अपराधहरु भइरहेका छन् । यो सबै अपराधको माध्यम सोसल मिडिया प्लेटफर्म बन्न पुगेको छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा १५.४० मिलियन इन्टरनेट प्रयोगकर्ताहरु छन् । यसमध्ये १३.५० मिलियन सोसल मिडिया प्रयोगकर्ताहरु छन् । त्यस्तै, ३७.४७ मिलियन नेपालीका हातमा मोबाइल छ ।

नेपालको जति जनसंख्या छ, त्यसको १२०.६ प्रतिशत जनसंख्यासँग मोबाइलको पहुँच देखिन्छ । यस्तो किन भयो भने एउटै व्यक्तिले दुई वा दुईभन्दा बढी मोबाइल प्रयोग गरिरहेको अवस्था पनि व्यक्तिले दुई वा दुईभन्दा बढी मोबाइल प्रयोग गरिरहेको अवस्था पनि छ । त्यही भएर तथ्यांकमा सय प्रतिशत क्रस भएको हो ।

सोसल मिडियाको कुरा गर्दा २०२३ मा १२.६० प्रतिशत फेसबुक प्रयोगकर्ताहरु देखिन्छन् । त्यसमा मेटाको फेसबुक चलाउने ११.८५ मिलियन नेपालमा छन् । त्यस्तै म्यासेन्जर चलाउने ९.३५ मिलियन छन् । त्यस्तै इन्स्टा चलाउने २.१५ मिलियन छन् । ट्वीटरमा ५५३.६ हजार प्रयोगकर्ता देखिन्छन् ।

यो सन् २०२३ को अध्ययन हो । तर, तुलना गरेर हेर्ने हो भने एक वर्षमा १६ मिलियन क्रस भइसक्यो । भनेपछि यो अध्त्तययनले के देखाइरहेको छ भने मानिस दिन प्रतिदिन सामाजिक सञ्जालमा बढिरहेको अवस्था छ ।

सन् २०२४ मा आइपुग्दा म्यासेन्जरको प्रयोग गर्नेहरु मात्रै १४ मिलियन क्रस गरिसके । यसमा म्यासेन्जरका प्रयोगकर्ताहरु पनि बढ्दै गएको देखाउँछ ।

नेपाल प्रहरी साइबर ब्यूरोको तलको तथ्यांकले पनि के देखाउँछ भने ०८१ माघ ७ गतेसम्मको यो तथ्यांकले अहिलेको साइबर क्राइमको बढ्दो अवस्था क्लियर देखाएको छ । ०७५/०७६ मा उजुरी र मुद्दा दर्ताको संख्या कति थियो र अहिलेसम्मको अवस्था के छ भन्ने कुरा एक वर्षको मात्रै फरक हेर्दा पनि स्थिति प्रष्ट हुन्छ ।

साइबर ब्यूरोमा ०७९/०८० सालमा ९ हजार उजुरी आएका थिए । ०८०/०८१ मा यो बढेर १९ हजार पुगेको छ । भनेपछि, साइबर क्राइमको दर बढेको बढेकै छ । यो तथ्यांक त प्रहरीसम्म आइपुगेका उजुरीहरुको मात्र हो, हामी दैनिकरुपमा कति पीडित भइरहेका हौंला ।

अध्ययनले के देखाउँछ भने सबैभन्दा बढी साइबर अपराध हुने प्लेटफर्म भनेको फेसबुक र म्यासेन्जर हो । किनभने, युजर पनि फेसबुक र म्यासेन्जरकै छन् । डाटाले यही भन्छ ।

नेपालमा अहिलेसम्म साइबर ल भन्ने छँदै छैन । प्रश्न आउँछ, यदि साइबर कानून नै छैन भने साइबर ब्यूरोले कसरी केस चलाउँछ ?

भन्दाखेरि हामी कति पछाडि छौं ? नेपालमा विद्युतीय कारोबार ऐन २०६३ मा बनेको हो । यसमा दफा ४७ छ । यो पनि साइबर क्राइमका लागि बनाएको होइन । त्यो विद्युतीय कारोबारलाई नियमन गर्नका लागि बनाइएको ऐन हो । यो ऐनको दफा ४४ देखि ५९ सम्मका केही दफाहरुलाई टेकेर अहिलेसम्म साइबर ब्यूरोले मुद्दा चलाउँदै आएको स्थिति छ ।

यसमा एउटा के प्रावधान छ भने ‘महिलालाई जिस्काउने’ भन्ने एउटा शब्द दिइएको छ । अप्ठ्यारो नमान्नुहोला, मैले रियालिटी सेयर गर्न खोजेको हुँ, महिलालाई जिस्काउने ऐनमा लेखियो तर पुरुषलाई जिस्काउने भन्ने शब्द लेखिएन । यो कुरालाई कसले, कहिले सम्वोधन गर्ने ?

यो मैले त्यत्तिकै बोलेको होइन, तथ्यांकका आधारमा बोलेको हुँ । यो डाटाले के देखाउँछ भने केटाले पनि क्राइम गर्छ, तर केटी मान्छेले क्राइम नै गर्दैन भन्ने होइन । केटीले क्राइम गर्दैन भन्ने सोच बनाएर कानून बनाउने सोचमा परिवर्तन गर्ने बेला आजको दिनमा भइसकेको तलको तथ्यांकले देखाउँछ । भनेपछि केटाहरुले कहिले न्याय पाउने ?

आजको समयले के मागेको छ र विद्यालय/कलेजमा वालवालिकालाई के ज्ञान दिनुपर्छ भन्ने कुरा विचार गर्न जरुरी छ । तर, आज विद्यालय र १२ कक्षासम्म सोसल मिडियाबारे एउटा पनि पढाइ भएको पाइँदैन । भोलिका दिनमा वालवालिकाहरुमा डिजिटल साक्षरता बढाउन जरुरी छ ।

किनभने, आजकल साइबर अपराधमा युवा पुस्ताकै मानिसहरु बढी फसिरहेको देखिन्छ । त्यसैले समय छँदै युवा पुस्तालाई यसबारे ज्ञान दिन जरुरी छ । हामीले अध्ययनबाट के देख्यौं भने कत्तिले अपराध जानी जानी गरेका छन् भने कत्तिलाई यसो गरेपछि क्राइम हुन्छ भन्ने थाहै छैन । यदि समयमै यसलाई ज्ञान भइदिएको भए सायद साइबर अपराध गर्दैनथ्यो होला कि ?

आजका वालवालिकालाई हामीले समयमै यसबारे ज्ञान दिनुपर्छ । र, यो विषयलाई पाठ्यक्रममा पनि समावेश गर्नुपर्छ ।
साइबर क्राइम बढ्नुमा विद्युतीय कारोबारसम्बन्धी ऐनको पनि एउटा भूमिका छ । तपाईले जस्तोसुकै साइबर क्राइम गर्नुहोस्, तपाईलाई बढी भन्दा बढी सजाय हुने भनेको २ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद ।

मान्छेले अपराध गरेर पीडित बनाएर डिप्रेसनमा गएर आत्महत्या गरेको अवस्था छ । हामी सजाय भनिराखेका छौं, दुई लाख रुपैयाँ र पाँच वर्ष जेल । के हो यो भनेको ? यो त कानूनमा लेखिएको कुार भयो तर अहिलेसम्म नेपालमा कहीँ पनि रेकर्ड छैन कि यो अनुसार कारवाही भएको होस् । अहिलेसम्म यति कारबाही कुनै पनि व्यक्तिलाई भएको छैन ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ८ : ३५ बजे

कोहलीको शतकमा भारत विजयी, पाकिस्तानको लगातार दोस्रो हार

काठमाडौं – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आइतबार भएको बहुप्रतिक्षित खेलमा

पाटेबाघको उद्धार

बाँके – बाँके राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले समस्याग्रस्त पाटेबाघको उद्धार

महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने

काठमाडौं – गुठी संस्थानले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई

संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानलाई समयानुकूल संशोधन

अमर बान्तुका पाँच म्यूजिक भिडियो एकसाथ सार्वजनिक

काठमाडौं – स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो