कुलमानले भने- जलविद्युत कम्पनीको आईपीओ रोक्नु दुखद् « Khabarhub

कुलमानले भने- जलविद्युत कम्पनीको आईपीओ रोक्नु दुखद्


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जलविद्युत आयोजनाको आईपीओ रोकिनु दुखद् भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले आयोजनाको ‘जलविद्युत आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै घिसिङले  सर्वसाधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताएका छन् ।  

हाल नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका १२ हजार मेगावाटका आयोजनाको विद्युत् खरिद विक्री सम्झौता (पिपिए) गरेको घिसिङले बताए । 

उनले नेपालको विद्युत् उत्पादन क्षमता ३५ सय मेगावाट पुगे पनि मौसम परिवर्तनले पानीको बहाव घट्दा हिउँदमा  ११ सय मेगावाट हाराहारी मात्रै उत्पादन भइरहेको पनि बताए ।

२८ हजार ५०० मेगावाट विद्युत् पुर्‍याउनकोलागि विद्युत् प्राधिकरण त्यो भन्दा २० प्रतिशत थप पिपिए खोल्ने पक्षमा रहेको घिसिङले बताए । 

हाल पिपिए भएका सबै परियोजना विविध कारणले निर्माणको चरणमा जान नसकेकाले पनि प्राधिकरणले थप पीपीए खोली नहालेको उनको भनाई थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ११ : ५३ बजे

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको