चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउन थाल्यो ‘डिप सी स्टेशन’ « Khabarhub

चीनले समुन्द्रको ६,५६० फिट मुनी बनाउन थाल्यो ‘डिप सी स्टेशन’


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ । 

अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुदैँछ । वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल  ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ । वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो । 

चीनको ‘डिप सी स्पेस स्टेसन’ समुन्द्र सतहबाट २ हजार मिटर तल हुनेछ । यसमा ६ जना वैज्ञानिकले एक महिनासम्म सँगै काम गर्न सक्नेछन् । यो सागर मुनीको स्टेशनले सन् २०३० सम्म काम गर्न थाल्नेछ । 

यसको डिजाइन सानो पनडुब्बी जस्तै हुनेछ, जसको तौल २५० टन, लम्बाइ २२ मिटर, चौडाइ ७ मिटर र उचाइ ८ मिटर हुनेछ । जसलाई  ‘टियाङगोङ’ अर्थात् ‘प्यालेस अफ हेभेन’ नाम दिइएको छ। 

चीनका अनुसार यसको उद्देश्य समुद्रको गहिराइमा अनुसन्धान गर्ने र समुद्रमा रहेको प्राकृतिक स्रोतको खोजी गर्ने हो।

वैज्ञानिकका अनुसार चीनले गहिरो समुन्द्रमा रहेको तातो र चिसो पानीमा अनुसन्धान गर्ने छ किनभने यो ठाउँमा मिथेनले प्रचुर मात्रामा ‘हाइड्रोथर्मल भेन्ट’ हरू रहेका छन् । यी भेन्टहरूमा मिथेन हाइड्रेट्स अर्थात् ज्वलनशील बरफको ठूलो भण्डार रहेको छ, जुन ऊर्जाको ठूलो स्रोत हुन सक्छ।

दोस्रो यहाँबाट भूकम्पजस्ता गतिविधिको अनुसन्धान गर्न सकिन्छ। यति मात्र होइन, यदि कुनै देशले भूमिगत रूपमा कुनै युद्ध गर्न खोज्छ वा कसैले परमाणु परीक्षण गर्न खोज्छ भने पहिले पत्ता लगाइने छ । सुनामीबारे जानकारी पनि घण्टा पहिले उपलब्ध हुने विश्वास चीनका वैज्ञानिकहरूले गरेका छन् ।

हाइड्रोथर्मल भेन्टहरू समुद्रको भुईँमा अवस्थित दरारहरूबाट निस्कने तातो पानीको स्रोत हुन्, जुन समुद्री हलचलका कारण बन्छन्। यी भेन्टहरू गहिरो समुद्रमा ज्वालामुखी गतिविधिको नजिक पाइन्छ र तातो पानीले पृथ्वीको सतहभन्दा धेरै किलोमिटर तल म्याग्मासँग सम्पर्कमा आउँछ र यसलाई फेरि समुद्रमा छोड्छ।

जब चिसो पानी समुद्रको भुईँमा अवस्थित यी दरारहरूमा प्रवेश गर्छ, यो पृथ्वीको भित्री भागमा रहेको म्याग्मासँग सम्पर्कमा आउँछ र ४०० डिग्री सेल्सियससम्म तातो हुन्छ। त्यो बेला पानीले भरपुर खनिज बाहिर निकाल्छ । जब यो तातो पानी समुद्रको भुईँमा फर्किन्छ, यसमा धेरै प्रकारका घुलनशील खनिज र ग्याँसहरू हुन्छन्, जसले ‘हाइड्रोथर्मल भेन्ट’ हरू बनाउँछ।

खासमा हाइड्रोथर्मल भेन्टहरू दुई प्रकारका हुन्छन् । ‘ब्लाक स्मोकर’, यो गहिरो समुद्रमा मात्रै इन्छ। यसबाट निस्कने पानी धेरै तातो हुन्छ, लगभग ३५० देखी ४०० डिग्री सेल्सियससम्म। यसमा सल्फाइड खनिज बढी हुन्छ, जसका कारण यो कालो धुवाँ जस्तो देखिन्छ।

व्हाइट स्मोकरः यो थोरै कम तातो १००–३०० डिग्री सेल्सियस मात्र हुन्छ। यसबाट निस्कने पदार्थमा क्याल्सियम र बेरियम बढी हुन्छ, जसका कारण यो सेतो रंगको देखिन्छ ।

हाइड्रोथर्मल भेन्टहरूले अद्वितीय जीवहरूलाई समुद्रको अँध्यारो र उच्च दबाब वातावरणमा बस्न अनुमति दिन्छ। यहाँका जीवहरूले सूर्यको किरण बिना नै रासायनिक ऊर्जाबाट खाना बनाउँछन्। 

सुन, चाँदी, तामा र जस्ताहरू जस्ता बहुमूल्य धातुहरू यी प्वालहरूबाट निस्कने पदार्थहरूमा पाइन्छ। बृहस्पतिको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसमा जीवनको सम्भावना रहेको ठाउँमा उस्तै भेन्टहरु हुनसक्ने वैज्ञानिकहरूको विश्वास रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १२ : २७ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब