प्राविधिक शिक्षामा ध्यान दिन आवश्यक :  महासचिव पोखरेल « Khabarhub

प्राविधिक शिक्षामा ध्यान दिन आवश्यक :  महासचिव पोखरेल


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले अबको समय प्राविधिक शिक्षाको समय भएको बताएका छन् ।

मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरी तुलसीपुर मेट्रो कलेज र तुलसीपुर बहुप्राविधिक शिक्षालयको  सभा हल शिलान्यास गर्दै पोखरेलले जागिर मात्र खाने मनस्थितिको जनशक्ति उत्पादन गरेर अब देश अघि नबढ्ने बताए ।

शिक्षा व्यवस्थाले नयाँ ढङ्गले समस्या समाधान गर्ने तरिका सिकाउनु पर्नेमा जोड दिए । 

जागिर खोज्नकै लागि विदेश भए पनि जाने, अहिले विदेश जाने लहर हाम्रो शिक्षा व्यवस्थाको कमजोरी कारण पनि चलेको छ, अब हामीले त्यो शिक्षा प्रणालीलाई परिवर्तन गर्नुपर्दछ’, पोखरेलले भने । 

अहिले पनि नेपालमा प्राविधिक शिक्षा प्रतिको लगाव बढ्न नसकेको बताउँदै उनले प्राविधिक जनशक्ति तयार नहुँदासम्म देश नबन्ने बताए । 

‘देश बनाउने हो भने प्राविधिक शिक्षामा जोड दिनुपर्दछ, जति प्राविधिक जनशक्ति तयार भयो राष्ट्र निर्माणको यात्रा त्यति प्रभाकारी हुन्छ’, पोखरेलले भने ।

प्राविधिक शिक्षामा व्यवहारिक ज्ञान दिनु पर्ने उनको धारणा छ । प्राविधिक पढ्ने विद्यार्थीहरूले पढ्दा पढ्दै कमाउने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए ।

प्राविधिक शिक्षालयले उद्यमका काम पनि पढाइसँगै अघि बढाउनु पर्ने पोखरेलले बताए । इतिहासको तथ्य आजको पुस्ताले थाहा पाउनु पर्ने बताउँदै पोखरेलले पढ्नको लागि सरकारसँग अनुमति लिने समयबाट आज देश अनिवार्य शिक्षाको अवस्थामा आएको बताए ।

 न्याय कसरी दिनुपर्छ भन्ने सिकाउन, मन्त्रिपरिषद्को निर्णय लेख्न, पढाउने मास्टरको लागि समेत २००७ साल अघिसम्म भारतबाट मानिस झिकाउनु पर्ने स्थिति रहेको उनले सुनाए।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १२ : ५८ बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र