‘छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थाले’ « Khabarhub

‘छिमेकी देशमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भयो, चौकीदारले पनि हेप्न थाले’


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले छिमेकमा नै नेपालको ‘डिप्लोम्याट’ कमजोर भएको बताएका छन् ।

भारतको उडिसामा प्रकृति लम्सालको मृत्यु भएको प्रसङ्ग जोड्दै सांसद झाले छिमेकी देशसँग ‘डिप्लोम्याट’ कमजोर भएको बताएका हुन् । 

‘छिमेक देशमा नै हाम्रो डिप्लोम्याट कमजोर भयो, चौकीदारले पनि सजिलै नेपालीलाई पिट्न पायो, तिम्रो देशका बजेट भन्दा मेरो विश्वविद्यालयको बजेट धेरै छ भनेर भनिरहेका छन्, यो भनेको छिमेकी देशमा हाम्रो आत्मसम्मान छैन भन्ने हो,’ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले भने, ‘अब डिप्लोम्याटमा  रि स्ट्रक्चर गर्नुपर्छ।’ 

उनका अनुसार २२ लाख नेपाली भारतका विभिन्न सहरमा कार्यरत रहेको तर कूटनीतिमा भने जम्मा १६ जना मात्रै काम गरिरहेका छन् । ‘यसले के देखाउँछ भने १ लाख १६ हजार नेपालीलाई जम्मा १ जनाले हेर्नु पर्ने बाध्यता छ’ उनले भने । उनका अनुसार नेपालीको आत्मसम्मान बढाउने गरी राज्यले कूटनीतिक पहल गर्नु ढिलाइ भइसकेको छ ।

उनका अनुसार २० हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको जनाउँदै उनले विद्यार्थीको आत्मसम्मानका लागि सरकारले विशेष पहल गर्न जरुरी भइसक्यो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  २ : २२ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट