बाढी पहिरोले क्षति पुर्‍याएका २६ आयोजना पुनर्निर्माण गर्न अर्थ मन्त्रालयको सहमति  « Khabarhub

बाढी पहिरोले क्षति पुर्‍याएका २६ आयोजना पुनर्निर्माण गर्न अर्थ मन्त्रालयको सहमति 


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति भएका सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट फागुन ४ गते माग भई आएकोमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज आयोजनाहरू पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन्। 

२६ वटा आयोजना १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन् । सडक पुनर्निर्माणमा बिपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजमार्गसहित १३ वटा आयोजना रहेका छन्।

त्यसैगरी अर्थ मन्त्रालयले जाजरकोट भूकम्पबाट क्षति भएका संरचनाहरूको पुनर्निर्माण अघि बढाउन अस्थायी कार्यालय स्थापनाका साथै दरबन्दी सिर्जना गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सहमति प्रदान गरेको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ४४ बजे

म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद

बेनी– यहाँ ठूलो सङ्ख्यामा अवैध हातहतियार बरामद गरिएको छ ।

विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

गुल्मी– गुल्मीको मालिका गाउँपालिकामा आज बिहान भएको बस दुर्घटनामा दुई

दबाब बढाउँदै कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरू

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधर

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

‍बेरुत– संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी

देउवालाई नेताहरूको सन्देश : विशेष महाधिवेशन कसैको छनोटको विषय होइन, विधानको बाध्यकारी व्यवस्था हो

काठमाडौं- नेपाली कांग्रेसको आन्तरिक संकट थप गहिरिँदा विशेष महाधिवेशन पक्षधरले