आइभीएफ सेवाको झुटो प्रचारप्रसार नगराउन मन्त्रालयको पत्राचार  « Khabarhub

आइभीएफ सेवाको झुटो प्रचारप्रसार नगराउन मन्त्रालयको पत्राचार 


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइभीएफ सेवाको झुटो प्रचारप्रसार नगराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।

आइभीएफ सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै आइभीएफ सेवा सम्बन्धमा झुटो प्रचारप्रसार नगर्न/नगराउन मन्त्रालयले आग्रह गरेको हो ।

स्वास्थ्य संस्थाले आइभीएफ सेवा सम्बन्धमा झुटो प्रचारप्रसार तथा चर्को मिडियाबाजी गरी सेवाग्राहीलाई चरम ठगी गरेको साथै मनोमानी ढङ्गले शुल्कसमेत असुल्ने गर्ने गरेको भनी गुनासो प्राप्त भएकाले यस्तो निर्देशन दिएको मन्त्रालयको भनाइ छ । सेवा शुल्कको विवरण संस्थाको वेब साइडमा अनिवार्य रूपमा राख्ने व्यवस्था मिलाउन मन्त्रालयको निर्देशन छ ।

यदि शाखा स्थापना गरी सेवा सञ्चालन गर्न चाहेमा अनुमति प्रदान गर्ने निकायबाट मापदण्ड बमोजिमको प्रक्रिया पूरा गरी पुनः अनुमति लिन मन्त्रालयले आग्रह गरेको छ । संस्थामा सेवाका लागि आउने विपन्न, असहायक बिरामीका लागि दस प्रतिशत निः शुल्क उपचार अनिवार्य रूपमा उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिएको छ । 

संस्थाबाट प्रदान गरिएका सेवाको प्रतिवेदन प्रत्येक चौमासिक रूपमा अनुमति प्रदान गर्ने निकायमा अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ३ : ५३ बजे

उपसभापति खुल्लातर्फ चन्द्र भण्डारीको अग्रता कायम, गुरुङ चौथो स्थानमा

काठमाडौं– नेपाली कांग्रेस उपसभापतिको मतगणना चलिरहँदा खुल्लामा चन्द्र भण्डारीले अग्रता

रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

महिला महामन्त्रीमा डिना र डिलाबीच कडा भिडन्त

काठमाडौं– नेपाली कांग्रेस महामन्त्रीको मतगणना चल्दा महिला महामन्त्रीमा कडा प्रतिस्पर्धा

बाढी पूर्वानुमान महाशाखाले भन्यो- पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी आयो

काठमाडाैँ– पहिरोले नदी थुनिएर बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान बाढी