संसद्मा राजेन्द्र लिङदेनले भने- छिमेकीले नेपाललाई हेर्ने दृष्टिकोण तल्लो स्तरको भयो   « Khabarhub

संसद्मा राजेन्द्र लिङदेनले भने- छिमेकीले नेपाललाई हेर्ने दृष्टिकोण तल्लो स्तरको भयो  


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा भएको घटनाका सम्बन्धमा सदनमा जानकारी गराउन सरकारसँग माग गरेको छ । 

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनापछि उत्पन्न परिस्थितिका विषयमा सामाजिक सञ्जालमा नभई परराष्ट्रमन्त्री वा सम्बन्धित निकायले संसद्लाई जानकारी गराउनुपर्ने माग गराएका हुन् ।

उक्त घटनाको कूटनीतिक तवरले अनुसन्धान गर्न उनले बताए । अध्यक्ष लिङ्देनले देशको शैक्षिक वातावरण र भविष्य ठिक नभएकाले लाखौँ विद्यार्थीहरू पढ्नका लागि विदेश जान बाध्य भएकोले सरकारले यस घटनाबाट पाठ सिक्नुपर्ने धारणा राखे ।  

उनले अहिले देशको अवस्था ठिक छैन भन्ने कुरा र छिमेकीहरूले नेपाललाई हेर्ने दृष्टिकोण पनि तल्लो स्तरको छ भन्ने यसबाट प्रमाणित भएको उल्लेख गरे ।  

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ४ : ३२ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको