संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग « Khabarhub

संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग गरेको छ ।  

हालै काठमाडौंमा सम्पन्न १२ औँ महाधिवेशनले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले संघ, प्रदेश र स्थानीय तहको निजामती सेवा सञ्चालन तथा व्यवस्थापनका लागि संघीय निजामती सेवा ऐन कर्मचारीमैत्री बनाउन माग गरेको हो ।

तीनै तहमा कार्यरत कर्मचारीहरूलाई माथिल्लो पदमा प्रतिस्पर्धा गर्दा उमेरको हद नलाग्ने व्यवस्था हुनुपर्ने, प्रदेश र स्थानीय तहमा समायोजनपछि तह वृद्धि भई अवकाश भएका कर्मचारीको सेवा सुविधा तहबृद्धि भएकै अवस्थाको उपलब्ध गराउन संगठनले माग गरेको छ ।

महाधिवेशनमार्फत उच्चस्तरीय तलब सुझाव आयोगको प्रतिवेदनको सुझाव अनुसार कर्मचारीको तलब भत्ता लगायतका सेवा सुविधा आगामी बजेटबाट कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरिएको संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।  

महाधिवेशनले भवानी न्यौपाने दाहालको अध्यक्षतामा १ सय ७१ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको संगठनले जनाएको छ । 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ४ : ५० बजे

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको