अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ : सांसद थापा « Khabarhub

अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको छ : सांसद थापा


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले मुलुकको आर्थिक समृद्धि र सुशासन कायम गर्न सरकारले अध्यादेश ल्याएको भन्दै अध्यादेशको विषयमा अनावश्यक विरोध भइरहेको बताएका हुन् । 

उनले सरकारले ल्याएको अध्यादेशप्रति सरोकारवाला निकाय खुसी देखिए पनि केही सांसदहरूमा खुसी नदेखिएको जिकिर गरे ।

मुलुकको हितमा ल्याइएको अध्यादेशको विरोध गर्नु बेकार रहेको उनको भनाइ छ । 

थापाले संसद् नचलेका बेला अध्यादेशबाटै कानून निर्माण गर्नुपर्ने भन्दै अहिले अध्यादेशको विरोध गर्नेहरू भोली सरकारमा जाँदा यसरी नै अध्यादेश ल्याउने जिकिर गरे ।

त्यस्तै उनले सहकारी ठगी प्रकरणमा प्रतिपक्षले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसअघि आफू सरकारमा रहँदा भएका कामको स्मरण गर्न माओवादीलाई सुझाव दिए ।  

उनले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयकका प्रावधानहरू संशुचित नरहेको दाबी गरे । 

थापाले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति छानबिन हुनुपर्ने माग गरे । 

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : ३० बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको