धरानमा मोसो दलिएका माबोले ताप्लेजुङ पुगेर भने- केबलकार निर्माण पवित्र काम हो, बनाएरै छाड्छौँ « Khabarhub

धरानमा मोसो दलिएका माबोले ताप्लेजुङ पुगेर भने- केबलकार निर्माण पवित्र काम हो, बनाएरै छाड्छौँ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-‘नो केबलकार समूह’का सदस्यहरूले आइतबार धरानमा मोसो दलेर दुर्व्यवहार गरिएका पदम चेन्जी माबोले ताप्लेजुङमा भव्य सम्मान पाएका छन् ।

मंगलबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा केबलकारको पक्षमा निकालिएको जुलुसका क्रममा माबोलाई खादा र मालासहित सम्मान गरिएको हो ।

आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका नेता-कार्यकर्ताले धरान उपमहानगरपालिका-९ पुतली लाइनमा कुटपिट गरी मोसो दलिएका माबोले ताप्लेजुङ पुगेर कुनै हालतमा केबलकार बनाइछाड्ने घोषणा गरे ।

उनले मुक्मुलुङका संरक्षणको नाममा आन्दोलन गरिरहेकाहरूले जिल्लाबासीमाझ भ्रम छरेर हिँडेको पनि बताए । ‘उनीहरूले ताप्लेजुङको विकास र समृद्धिमा अड्चन ल्याउन खोजिरहेका छन् । ती ढुंगा हान्ने भन्दा बढी म धेरै घुमेर रिसर्च गरेर हिँडेको हुँ’, उनले भने, ‘याक्थुम लिम्बुको मुन्धुमअनुसार सृष्टि कालदेखि पुर्खाले पुजेका, घुमेका मानेका खोला, खोल्सा, जंगल, पहाड सबै मुन्धुमस्थल हुन् । ती मुन्धुमस्थलमा पाथीभरा मात्रै होइन, योभन्दा अगाडि हाम्रा माङले बास बसेको ठाउँमा पनि मनपरी संरचना बनाइयो ।

ताप्लेजुङमै तमोर किनारमा मुन्धुस्थलको १ किलोमिटर आसपास भौतिक संरचना बनाउन हुँदैन भन्दा अभियन्ताहरूले नै ५ मिटरमै भौतिक संरचना बनाएको उनले बताए ।

‘ताप्लेजुङमै मुन्धुमस्थल अतिक्रमण गरिएको छ। तेह्रथुमको मेन्छायम डाँडा, जुन हाम्रो चोलुङ हो, त्यहाँ शालिक बनाउने काम भयो । त्यसबेला ढुंगा हान्ने कहाँ गएका थिए ?’, उनले प्रश्न गरे, ‘तेह्रथुममा मूलथलोमै डोजर चलाइयो । मुक्कुलङका साथीहरू केही बोलेनन् । हामीले मुक्कुमुलुङमा त एक किलोमिटर बाहिर मात्रै केबलकार बनाउन भनेका छौँ । हजार मिटरबाहिर मात्रै केबलकारको टप स्टेशन बन्दैछ । हामीलाई थाहा छ प्राकृतिक र सांस्कृतिक सम्पदा के हो ?
तपाईंहरू भन्दा हामीले बुझेका छौँ । जहाँको होस् मुन्धुमस्थल अतिक्रमण गर्न पाइँदैन ।’

उनले ‘नो केबलकार अभियन्ता’लाई चुनौती दिँदै मुक्कुमुलङबारे नसिकाउन पनि भने । ‘मुक्कुमुलुङ (पाथिभरा) बारे तपाईंहरूले सिकाइरहनु पर्दैन । केबलकार निर्माण पवित्र कार्य हो’, उनले भने, ‘यस्तो मोसो त के ढुंगामुढा मात्रै होइन, केबलकारका लागि हामी घाँटी थाप्न तयार छौँ ।’

उनले भीर र खोल्सामा लडेर मर्नुभन्दा घाँटी थापेर मर्न तयार रहेको बताए । ‘भीरमा, खोल्सा खोल्सीमा लडेर मर्नुभन्दा हामी घाँटी थाप्न तयार छौँ । हामी जिल्लाको विकासका लागि मर्न तयार हुनुपर्छ, कुनै हालतमा ब्याक हुनु हुँदैन’, उनले भने, ‘हामी जसरी पनि केबलकार निर्माण गरेर छाड्छौँ । हामी सबै जिल्लाबासी मरेर पनि केबलकार निर्माण गर्न तयार छौँ ।’

उनले सम्बोधनको अन्त्यमा जुलुसमा सहभागीलाई ‘एस केबलकार’, ‘एस केबलकार’ नारा पनि लगाउन लगाए । धरानमा मोसो दलिएपछि उनी सोमबार नै जिल्ला पुगेर केबलकारको पक्षमा जुटेका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ५ : ५९ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००