प्रकृति लम्साल मृत्यु प्रकरणबारे रास्वपाको गम्भीर ध्यानाकर्षण « Khabarhub

प्रकृति लम्साल मृत्यु प्रकरणबारे रास्वपाको गम्भीर ध्यानाकर्षण


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भारतमा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै सो घटनाका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

लम्साल मृत्यु प्रकरणबारे सत्य तथ्य छानबिन गर्न माग गरी नेपाली विद्यार्थीहरूले विरोध प्रदर्शन गर्दै गर्दा नेपाली विद्यार्थीहरूलाई निर्वासित (डीपोर्ट) गरी नेपाल पठाउनु केआईआईटी प्रशासनको कमजोरी भएको विज्ञप्तिमा औँल्याइएको छ ।

साथै सो घटनामा निष्पक्ष छानबिन गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

भारतको ओडिसामा भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी लम्सालको रहस्यमय मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : २३ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट