प्रकृति लम्सालको शव आज नेपाल ल्याइने | Khabarhub Khabarhub

प्रकृति लम्सालको शव आज नेपाल ल्याइने


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ । 

भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ । शव आज साँझसम्म घर पुर्‍याइने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए ।

गत आइतबार बुटवलकी प्रकृति कलेजको होस्टलेमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रकृतिको शंकास्पद मृत्यु भएपछि आइतबार साँझबाटै नेपाली विद्यार्थीहरूले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए ।

 तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरूमाथि उल्टै आक्रमण र दुर्व्यवहार गरेको थियो । सयौँ नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको थियो । अहिले पनि करिब एक हजार नेपाली विद्यार्थी विभिन्न सहरमा पुगेका छन् । केही नेपाल आइपुगेका छन् ।

नेपाल र भारतमै पनि चर्को आलोचना भएपछि विश्वविद्यालय प्रशासनले माफी मागेको छ । प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो । जसमध्ये पाँच जना २० हजार धरौटीमा छुटेका छन् । 

प्रकृतिलाई ब्ल्याकमेल गरेको आरोप लागेका कलेजकै अड्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । श्रीवास्तवले पटकपटक यातना दिएको विषय प्रमाणसहित उजुरी दिँदा पनि कलेजले लापरबाही गर्दा प्रकृतिले मृत्युवरण गर्नु परेको भन्दै केआईआईटीको आलोचना भइरहेको छ । 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : ५० बजे

बाबुराम भट्टराईको घरमा आगजनी

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा जेन-जी प्रदर्शनकारीले आगो

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको

मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सेनाको गोप्य सुरक्षामा

काठमाडौं– प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई

कांग्रेस सांसद राजेन्द्र बजगाईंले दिए राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पदबाट राजीनामा दिएका छन्

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।