प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था छैन : अध्यक्ष केसी | Khabarhub Khabarhub

प्रजातन्त्रको विकल्प अरु कुनै व्यवस्था छैन : अध्यक्ष केसी


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताएका छन् । 

बागलुङमा आज ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय प्रजातन्त्रमाथि कालो बादल मडारिन थालेको जिकिर गरे। सत्ता र शक्तिमा बस्नेहरुले जनताको भावनाविपरीत काम गर्न नहुने उनको सुझाव थियो । 

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका केसीले प्रजातन्त्रलाई सिद्ध्याएर देशमा निरङ्कुश शासन चलाउने शक्ति तयार भइरहेको आरोप लगाए। जनताको बलिदानीबाट स्थापना भएको प्रजातन्त्र कुनै पनि शक्तिले ढलाउन नसक्ने उनले दाबी गरे।

‘अहिले पनि कतिपय मान्छेहरुले यो लोकतन्त्र, गणतन्त्रको औचित्य छैन, यसले नेपाली जनताको गास, बासको समस्याको समाधान गर्न सकेन, त्यस कारण आवश्यक छैन भन्न थालेका छन्’, केसीले भने, ‘प्रतिगामीहरुले प्रजातन्त्रका विरुद्धमा हल्ला पिटेका छन् ।’

उनले प्रजातन्त्र कसैले बकस दिएको नभई नेपाली जनताले निरङ्कुश शासन ढालेर ल्याएको बताए। सत्तामा नेता आउने जाने प्रक्रिया चलिरहने र जनता सधैँ स्थायी हुने अध्यक्ष केसीको भनाइ छ । नेपाली जनतालाई प्रजातन्त्र अपरिहार्य रहेको उनले उल्लेख गरे।

राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति विदेश जानु नपर्ने अध्यक्ष केसीले बताए । जनताको चाहना र आवश्यकताअनुसार नेताले काम नगर्दा गाउँघर रित्तिएर उराठ लाग्दा भएकामा उनले चिन्ता व्यक्त गरे।

सरकारले युवा शक्तिलाई आफ्नै गाउँ ठाउँमा बस्ने वातावरण तयार गर्नुपर्नेमा अध्यक्ष केसीले जोड दिए । 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : ०८ बजे

निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै

कांग्रेस सम्पूर्ण जातजातिलाई एकापसमा जोड्ने पार्टी होः महामन्त्री थापा

मोरङ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकका सम्पूर्ण जातजातिलाई

‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ फागुन १५ देखि सुरु हुने

पोखरा – नेपाल लिटरेचर फेस्टिभलको १२औँ संस्करण फागुन १५ गते

पार्टीलाई जनतासँग जोड्न ‘जरा अभियान’ : शङ्कर पोखरेल

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप

तनहुँ । जिल्लामा लक्ष्यको ९९ प्रतिशत छात्रालाई पाठेघरको मुखको क्यान्सर