कांग्रेस नेतृत्वमा भएका परिवर्तनबारे जानकारी दिन अभियान सुरू गरिने « Khabarhub

कांग्रेस नेतृत्वमा भएका परिवर्तनबारे जानकारी दिन अभियान सुरू गरिने


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले देशव्यापी राष्ट्रिय प्रचार अभियान सुरू गर्ने भएको छ । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागमार्फत् कांग्रेसले राष्ट्रिय प्रचार अभियान सुरू गर्ने भएको हो । 

‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नाराका साथ अभियान सुरू गर्ने तयारी गरिएको विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । 

‘केही शक्तिले कांग्रेस पार्टी मात्रै नभएर सिंगो व्यवस्था र प्रणालीलाई नै बदनाम हुने गरी नकारात्मक प्रचार गरिरहेका छन्,’ उनले भने, ‘यही सन्दर्भलाई दृष्टिगत गर्दै विभागले आम जनमानसमा कांग्रेसले गरेका सकारात्मक काम र त्यसबाट देशमा भएका परिवर्तनबारे तथ्यगत जानकारी दिन अभियान सञ्चालन हुन लागेको हो ।’

उनले अभियानअन्तर्गत फागुन ९ गतेबाट प्रदेशस्तरीय अभियान आयोजना गरिएको पनि बताए । प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार फागुन ९ गते कोशी प्रदेशको विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर र १७ गते गण्डकी प्रदेशको पोखरामा प्रदेशस्तरीय अभियान गरिने छ ।  

यसैगरी फागुन १८ गते लुम्बिनीको बुटवलमा, २० गते कर्णालीको सुर्खेतमा र २१ गते सुदूरपश्चिमको धनगढीमा कार्यक्रम गरिने विभागले जनाएको छ । 

कार्यक्रममा कांगेसका सम्बिन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय पदाधिकारी र सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरू, प्रदेश सभाका सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारीको सहभागिता रहने बताइएको छ । 

यस्तै प्रचार विभागका प्रमुख र प्रवक्ताहरू, क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र पार्टीका भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखसँगै नेपाल प्रेस युनियनलगायत विभिन्न सञ्चार कर्ममा आवद्ध सञ्चारकर्मीहरूको पनि कार्यक्रममा सहभागिता रहने विश्वकर्माले जानकारी दिए । 

उनले प्रदेशस्तरीय कार्यक्रममा दुई वटा कार्यपत्रहरू प्रस्तुत हुने पनि बताए । विभाग प्रमुख विश्वकर्माका अनुसार पत्रकारद्वय हरिबहादुर थापा र डा। जगत नेपालले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १ : २७ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल