विकासका मुद्दालाई प्राथमिकता दिन सरोकारवालाको जोड « Khabarhub

विकासका मुद्दालाई प्राथमिकता दिन सरोकारवालाको जोड


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले सकारात्मक र समाजलाई बाटो देखाउने कार्य सञ्चारमाध्यमको भएको बताएका छन् ।

राष्ट्रिय समाचार समितिको ६४औँ स्थापना दिवसको अवसरमा रासस दाङले तुलसीपुरमा आयोजना गरेको ‘विकासमूलक पत्रकारितामा राससको भूमिका’ विषयक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

रासस लामो इतिहास बोकेको समाचार तथा सूचनाको महत्त्वपूर्ण सञ्चारमाध्यम रहेको बताउँदै नगरप्रमुख खडकाले ‘समाजलाई सही दिशामा लैजाने काम सञ्चार माध्यमले सकारात्मक भूमिका निर्वाह गरिरहेको हुन्छ’ उनले भने।

विकास निर्माणमा ढिलासुस्ती भएमा दबाब दिने कार्य पनि सञ्चा माध्यमकै भएको उनको भनाइ छ । दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सामाजिक, आर्थिक, भौतिक, मानवीयलगायतका विकासका कार्यहरूमा रासससहित पत्रकारको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले समाज रूपान्तरणका लागि राष्ट्रिय समाचार समितिले  खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए।

रासस दाङका प्रमुख नारायणी रजौरेको अध्यक्षतामा भएको सो कार्यक्रममा पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टन्डन, प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकाल, प्रेस युनियनका केन्द्रीय सदस्य चेतन रेग्मी, नेपाली कांग्रेस तुलसीपुरका सभापति सुरेश हमाल, नेकपा एमाले तुलसीपुरका अध्यक्ष रुपबहादुर खत्री, माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष मोहन थापा, तुलसीपुर उद्योग वाणिज्य सङ्घका सदस्य विमल गौतमलगायतले सार्वजनिक सञ्चारमाध्यममा राजनीतिले प्रमुखता पाइरहेको अहिलेको अवस्थामा विकासका मुद्दालाई उच्च महत्व दिएर रिपोर्टिङ गर्न रासससहित समग्र पत्रकारिता जगत्ले ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ३ : ०५ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्