पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलाप प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा « Khabarhub

पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलाप प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश र जनता बचाउनका लागि राजा र जनताबीच साझेदारीको आवश्यकता रहेको बताएका छन्।

पार्टीको राजनीतिक विभागले बुधबार प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताए ।

‘राजाको यतिमात्रै चाहना रहेको छ, देश र जनतालाई बचाउन फेरि एक पटक राजा र जनताबीच साझेदारीको आवश्यक छ । राजाबाट फेरि निरंकुश व्यवस्था र राजासंस्था स्थापना गर्ने चाहना व्यक्त भएको छैन,’ थापाले भने, ‘राजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा ग्रहण गरेर सबै नेपाली अटाउने राजनीतिक प्रणाली विकास गर्नेतिर ध्यान दिन म आग्रह गर्न चाहन्छु ।’

पूर्वराजा ज्ञानेन्द्रबाट देशवासीलाई सन्देश दिँदै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको सन्देश आएको बताउँदै थापाले उक्त सन्देशलाई सबैले मनन गर्न आवश्यक रहेको बताए ।

पूर्वराजाको सदस्यतालाई नकारात्मक रूपमा लिन र टीका टिप्पणी गर्न आवश्यक नभएको भन्दै अध्यक्ष थापाले ज्ञानेन्द्रको भनाइ प्रजातन्त्र, दल र नेताका विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्तामात्र भएको समेत दाबी गरे ।

कसैलाई निषेध नगरी सबै अटाउने प्रणाली आवश्यक भएको चर्चा गर्दै थापाले ज्ञानेन्द्रको सन्देश अत्यन्तै सकारात्मक रूपमा ग्रहण गर्दै प्रस्ताव साकार पार्न राप्रपा नेपाल तयार रहेको पनि बताए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : २९ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल