नेपाली टोलीले उत्कृष्ट पुनरागमन गर्‍योः प्रशिक्षक कालिन « Khabarhub

नेपाली टोलीले उत्कृष्ट पुनरागमन गर्‍योः प्रशिक्षक कालिन


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फुटबल टोलीका प्रशिक्षक योहान कालिनले चाइनिज ताइपेईविरुद्धको खेलमा नेपालले उत्कृष्ट पुनरागमन गरेको बताएका छन् ।

मंगलबार भएको खेलमा नेपाल चाइनिज ताइपेईविरुद्ध २–० ले विजयी भएसँगै उनले नेपाली टोलीले सोचेको भन्दा राम्रो प्रदर्शन गर्दा खेल नेपालको पक्षमा आएको बताए । उनले नेपाली टोलीलाई जिताउन महत्वपूर्ण दुई गोल गर्ने अन्जन विष्टको चर्चा गरे ।

‘हामी तीन अंकका लागि मैदानमा उत्रिएका थियौं, त्यो पूरा भयो । नेपालले शुरुवातमै गोल गरेपछि खेलाडीमा थप हौसला मिल्यो ।’ प्रशिक्षक कालिनले भने, ‘ताइपइको प्रदर्शन  निकै राम्रो रहँदा रहँदै पनि नेपाली खेलाडीले डिफेन्स मजबुत बनाए, गोल गर्नबाट चुक्यो । ताइपेईका हरेक प्रहारलाई गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे । ’

विश्वकप छनोटमा तीन अंक बटुलेको नेपाली टिमले अब अष्ट्रेलियासँग खेल्नेछ । पहिलो खेलमा नेपालले कुवेतसँग ७–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ७ : ३८ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर