अध्यादेशबारे एकीकृत समाजवादी- बिचौलिया तस्कर र दलाललाई फाइदा पुर्‍याउन ल्याइयो « Khabarhub

अध्यादेशबारे एकीकृत समाजवादी- बिचौलिया तस्कर र दलाललाई फाइदा पुर्‍याउन ल्याइयो


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले अध्यादेशको प्रक्रिया र अन्तर्वस्तु असहमति जनाएको छ ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठकले भूमाफिया, कालोबजारीया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्नेगरि अध्यादेशको ल्याएको भन्दै असहमति र विरोध जनाएको हो । 

बैठकले संसद्मा अध्यादेशहरूको विपक्षमा मतदान गर्ने स्थायी कमिटीको निर्णयलाई अनुमोदन गरेको प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । 

बैठकले भारतको ओडिसास्थीत एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नका लागि कूटनीतिक पहल गर्न माग गरेको छ भने खोटाङको हलेसीमा केही दिनअघि भएको आगलागीका पीडित पक्षहरूलाई आवश्यक क्षतिपूर्तिको लागि सरकारको ध्यानाकर्षण गराएको ज्वालाले बताए । 

बैठकमा विधान प्रकाशनका सम्बन्धमा सम्मानित नेता झलनाथ खनालले असन्तुष्ट व्यक्त गरेका थिए । महाधिवेशनले निर्णय गरेका कुराहरू फरक ढंगले विधानमा समावेश भएकाले त्यसलाई सच्चाउने निर्णय भएको ज्वालाले जानकारी दिए । 

त्यस्तै बैठकले बिहीबारबाट सुरु हुने पार्टीको केन्द्रीय कमिटी बैठकको एजेन्डा पारित गरेको छ । 

अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्य योजना लगायतका केन्द्रीय कमिटी बैठकका एजेन्डाहरू पारित गरेको प्रचार विभाग प्रमुख ज्वालाले बताए । 

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ५१ बजे

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज

पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सर्वाधिक २०५.२ मिलिमिटर वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पाल्पाको अर्चलेमा वर्षा