वृक्षारोपण गरेर नेविसंघले मनायो बीपी जयन्ती « Khabarhub

वृक्षारोपण गरेर नेविसंघले मनायो बीपी जयन्ती


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघको नेपाली कांग्रेसका नेता बीपी कोइरालाको १०६ औँ जन्मजयन्ती वृक्षारोपण गरेर मनाएको छ । नेविसंघले मंगलबार बीपीको जन्मजयन्तीको अवसर पारेर त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण गरेको हो ।

त्रिभुवन विश्वविद्यालय परिसरमा नेविसंघले करिब तीन सय विरुवा रोपेको थियो । कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेका थिए ।

नेता साउदले बीपीको बाटोमा हिडेँ मात्रै देश समृद्ध र सुखी हुनेमा जोड दिए । कार्यक्रममा प्रतिपक्ष दलका विद्यार्थी संगठनका नेताहरुको पनि उपस्थिति थियो ।

बिपक्षी दलका विद्यार्थी संगठनका नेताहरूले बीपी कोइराला दूरदर्शी नेता भएको उल्लेख गर्दै कोइरालाको समाजावादको खुलेरै प्रसंशा गरे ।

अखिल पाँचौंका अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी यूनियन अध्यक्ष प्रबिन मिश्र, अखिल वैद्य महासचिव पेशल दाहाललगायतका विद्यार्थी नेताका साथै नेविसंघका नेता, कार्यकर्ताको कार्यक्रममा उपस्थिति थियो ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ८ : १६ बजे

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण

२५ केन्द्रीय सदस्य पदका लागि यी यस्ता छन् युवा आंकाक्षी 

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपछि

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार