उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार गर्छ : उपराष्ट्रपति यादव | Khabarhub Khabarhub

उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार गर्छ : उपराष्ट्रपति यादव


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान हुने उल्लेख गरेका छन् ।

शिवको आराधना र भक्तिको माध्यमबाट धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदै मानिसको मन, वचन र कर्ममा शुद्धीकरण गर्नमा सहयोग गर्ने र समाजमा एकता, सहयोग र सद्भावलाई बढावा दिने यो पर्वलाई आपसी मनोमालिन्यता, मतभेद र द्वेषलाई बिर्सने अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ ।

हिन्दू धर्मावलम्बीमा महाशिवरात्रि पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व रहिआएको छ । यस अवसरमा श्रद्धालुहरू एकत्रित भई सामूहिक रूपमा पूजाअर्चना गर्नु, मेला भर्न जानुले सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि हुन्छ । यो पर्वमा सामूहिक उपवास, शिव उपासना र शिव चर्चालगायत अनुष्ठानले समाजमा सद्भाव र मेलमिलाप कायम राख्न तथा मानिसलाई नैतिकता, सत्य र धर्मको मार्गमा हिँड्न अभिप्रेरित गर्दछ ।

यस पर्वको सांस्कृतिक महत्व पनि छ । यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, मौलिक नाचगान आदिको आयोजना गर्ने परम्परा रहिआएको छ ।

शिवको महिमा र शिवसँग सम्बन्धित प्रसङ्ग प्रस्तुत गरिनेजस्ता सांस्कृतिक कार्यक्रमले धार्मिक परम्परा र संस्कृतिलाई सजीव बनाइराख्न सहयोग पुग्दछ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ७ : १७ बजे

जेन–जीको चाहनाअनुसार पार्टी रूपान्तरण गर्ने एमाले नेताहरुको प्रतिबद्धता

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का ३२ वटा केन्द्रीय विभागले

शिक्षण अस्पतालमा ३६ जनाको शव, पत्र नआउँदा परीक्षणमा ढिलाइ

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा शव पहिचानका

सरकार गठनमा ढिलाइ हुँदा सङ्कटकालको जोखिम, लागे के हुन्छ ?

काठमाडौँ – सोमबार र मङ्गलबार भएको जेन-जी प्रदर्शनपछि यतिखेर देश

राष्ट्रपति भवनमा जेन-जी नेतृत्व, सुशीला कार्की र अधिवक्तासहित छलफल हुँदै

काठमाडौँ – अन्तरिम सरकार गठन गर्न यतिबेला राष्ट्रपति भवन शीतलनिवासमा

जितिया पर्वका लागि सिरहामा दैनिक तीन घण्टा निषेधाज्ञा खुकुलो

सिरहा– जितिया पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय सिरहाले विशेष व्यवस्था