बीपी साहित्य सम्मान ‘बैरागी काइला’लाई | Khabarhub Khabarhub

बीपी साहित्य सम्मान ‘बैरागी काइला’लाई


२४ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बीपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ ।

बीपी कोइराला स्मृति ट्रष्टले रु एक लाख एक हजार राशिसहितको उक्त सम्मान ‘बैरागी काइँला’लाई प्रदान गरेको हो ।

यसैगरी रु ५१ हजार राशिको ‘बीपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं सङ्घर्षमा महत्वपूर्ण योगदान पुर्‍याएका सप्तरीका मधुकान्त सिंहलाई प्रदान गरिएको छ । दुवै सम्मान नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रदान गरेका हुन्।

कार्यक्रममा कांग्रेस नेता कोइरालाले बीपी बहुआयामिक, चलायमान र दूरदर्शी नेता भएको बताउँदै बीपीले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न कांग्रेस खरोरुपमा उत्रनुपर्ने उल्लेख गरे ।

गणतन्त्र र सङ्घीयतालाई सम्बद्र्धन गर्न सङ्घीय सरकारले आवश्यक काम गर्न नसकेको आरोप लगाउँदै नेता कोइरालाले यसका लागि लोकतान्त्रिक शक्ति र नागरिक समाज जुर्मुराउने बेला आएको बताए ।  सरकारले संसद्मा अघि बढाएका केही विधेयक लोकतन्त्रविरोधी भएको टिप्पणी गर्दै उनले यसमा कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीले बीपी कोइरालाबाट आफूले असल बन्नुपर्छ भन्ने र असल काम गर्ने प्रेरणा पाएर सोहीअनुसार अघि बढेको बताइन् ।  राजनीतिक विश्लेषक डा हरि शर्माले बीपीले अपनाएको सिद्धान्त र दूरदर्शी सोचलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गर्दै मुलुकमा भ्रष्टाचार, महङ्गी र असुरक्षा बढ्दासमेत कांग्रेसले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय वरिष्ठ साहित्यकार बैरागी काइँला र मधुकान्त सिंह, पूर्वराजदूत डा सुरेश चालिसे, ट्रष्टका अध्यक्ष श्रीहर्ष कोइराला, प्रा अभि सुवेदी, ट्रष्टका महासचिव रामचन्द्र पोखरेललगायतले बीपीले मुलुकका लागि गरेको राजनीतिक र साहित्यिक योगदानको चर्चा गरेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार  ८ : ४२ बजे

अरबिन्द सिंहले भने- २४ घण्टामै फेल भएको ओलीको प्रतिवेदन बोकेर जनतामा जान सकिँदैन

काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द सिंहले पार्टीको १०औं

सुनापतिका ७७ परिवार पहिरोको जोखिममा

मन्थली– रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा

राष्ट्रियसभाका अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी

कन्काई पुलसहित १७ रुग्ण ठेक्का तोडिँदै

काठमाडौं– सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम

एमाले केन्द्रीय कमिटीको बैठक सुरु

काठमाडौं– नेकपा एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक सुरु