'सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कानून निर्माणलाई प्राथमिकतामा राखेको छ' | Khabarhub Khabarhub

‘सरकारले नवीकरणीय ऊर्जासम्बन्धी कानून निर्माणलाई प्राथमिकतामा राखेको छ’


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जासम्बन्धी आवश्यक कानून निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाई आदान प्रदान कार्यक्रममा मन्त्री खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै कानूनी व्यवस्थालाई प्राथमिकतामा राखेको बताएका हुन् ।

मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक हाल राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश भएकाले उक्त विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित हुने बताए ।

उनले सरकारले ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना समेत स्वीकृत गरिसकेको अवस्थामा स्वच्छ ऊर्जा रूपान्तरणलाई उच्च प्राथमिकता दिएको जिकिर गरे ।

उनले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्दै विद्युत् खपत प्रतिव्यक्ति वार्षिक एक हजार ५०० युनिट पुर्‍याउने लक्ष्य सहितको मार्गचित्र तयार गरिएको जानकारी दिए ।
  
राष्ट्रिय ग्रिड नपुगेका स्थानमा सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्य लिएको उनको भनाइ छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ६ : ४१ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’