फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता « Khabarhub

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रुपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरुलाई पुनः ताकेता गरेको छ ।

सोमबार अन्तिमपटकका लागि सार्वजनिक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र संरचनाहरु नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ ।

यसअघि गत साउन २० गते सार्वजनिक सूचनामार्फत भदौ १५ गतेभित्र संरचना हटाउन निर्देशन दिइएकामा भोटेकोशी–त्रिशूली बाढीले निम्ताएको विपत्ति र वर्षायामका कारण संरचना हटाउन केही ढिलाइ भएको महानगरले जनाएको छ ।

पोखरा–१८ को अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका केही ठूला संरचना गत जेठमा महानगर आफैँले डोजर लगाएर हटाए पनि अन्य संरचना अझै यथावत छन् ।

मौखिक प्रतिबद्धताअनुसार संरचना नहटाएकामा ध्यानाकर्षण भएको जनाउँदै कबुल गरेबमोजिम संरचना हटाउन महानगरले पटकपटक ताकेता गर्दै आएको छ । समय उपलब्ध गराउँदासमेत हालसम्म प्रतिबद्धताबमोजिम संरचना नहटाइएकामा महानगरले आपत्ति जनाएको छ ।

फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाएर पैदलमार्ग र साइकल लेनसहितको फिर्केखोला करिडोर निर्माण गर्ने महानगरको योजना छ । फिर्केखोलाको संरक्षण र विकास गर्दै वातावरण तथा पर्यावरणमैत्री पोखरा निर्माण गर्ने अभियानमा हातेमालो गर्न महानगरले सबैमा आग्रहसमेत गरेको छ ।

बढ्दो अतिक्रमण, प्रदूषण, फोहरमैला व्यवस्थापनमा भएको कमजोरी, योजनाविहीन सहरीकरण तथा नियमनमा भएको लापर्वाहीले फिर्केखोलाको प्राकृतिकस्वरूप र अस्तित्वमाथि नै चुनौती थपिएकोमा संरक्षणकर्मीले चिन्ता व्यक्त गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १० : ५० बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

न्यूयोर्क– इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको

सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ?

काठमाडौं– नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पेरिएन्स लाइफ