बेलुनमा हाइड्रोजन भरेको आरोपमा पक्राउ भारतीय नागरिक साधारण तारेखमा छुटे « Khabarhub

बेलुनमा हाइड्रोजन भरेको आरोपमा पक्राउ भारतीय नागरिक साधारण तारेखमा छुटे


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट घटनामा पक्राउ परेका एकजना भारतीय नागरिक साधारण तारेखमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमारलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी शिव लम्सालले कमलेशलाई नियमित हाजिर हुने गरी साधारण तारखेमा छाड्ने आदेश भएको जानकारी दिएका छन् ।

वडा प्रहरी कार्यालय, बैदामले पक्राउ गरेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा चलाइएका ४१ वर्षीय कमलेश कुमारलाई बिहीबार साधारण तारेखमा रिहा गर्न आदेश भएको हो ।

गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँसेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्को लागेर विस्फोट भएको थियो । प्रहरीका अनुसार फागुन ३ मै कमलेशलाई नियन्त्रणमा लिएर मुद्दा अघि बढाइएको थियो ।

बेलुन विस्फोटको घटनामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । अर्थमन्त्री पौडेल र मेयर आचार्य दुवैजना उपचारपछि कीर्तिपुर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

पक्राउ परेका कमलेशसँग हाइड्रोजन उत्पादन, भण्डारण र बलुन भर्ने प्रक्रियाबारे जानकारी मागिएको थियो । उता गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति पनि बनाएका थिए ।

समितिलाई घटनाको विस्तृत अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ। गृमन्त्रीले आगामी दिनमा हाइड्रोजन ग्यासको नियमनका लागि आवश्यक उपायहरूसमेत सिफारिस गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ८ : ११ बजे

भोजपुर नागीका ८० वर्षमाथिका ३० ज्येष्ठ नागरिक सम्मानित

भोजपुर– समाज निर्माणमा जीवनभर पुर्‍याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४

हुलाकी राजमार्ग : इनरुवा सडकको ठेक्का तोडियो

काठमाडौं – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज सडकको ठेक्का तोडिएको छ।

सत्य बोलेर देशलाई गुन लाउने कि ?

हामी बुद्धिजीवीले समय, स्थान र घटनाकम अनुसार आफ्नो तटस्थ अभिव्यक्ति

मुस्ताङमा चिसो बढेसँगै बालबालिकामा निमोनियाको समस्या

मुस्ताङ– अत्यधिक चिसो बढेसँगै मुस्ताङका बालबालिका रुघाखोकी, निमोनियालगायत समस्याबाट प्रभावित

शुक्लाफाँटाका तीन सामुदायिक विद्यालयमा ‘रेट्रोफिटिङ’ गरिँदै

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत