पोखरा घटना : बेलुनमा हाइड्रोजन भर्ने भारतीय पक्राउ | Khabarhub Khabarhub

पोखरा घटना : बेलुनमा हाइड्रोजन भर्ने भारतीय पक्राउ


६ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरामा आयोजित भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन ग्यास भरिएका बेलुन विस्फोट घटनामा एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ । वडा प्रहरी कार्यालय, बैदामले ४१ वर्षीय कमलेस कुमारलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

फागुन ३ गते भ्रमण वर्ष उद्घाटन समारोहका क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँसेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट निस्किएको झिल्काले लागेर विस्फोट भएको थियो । प्रहरीका अनुसार सोही दिन कमलेसलाई नियन्त्रणमा लिइएको हो ।

बेलुन विस्फोटको घटनामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । अर्थमन्त्री पौडेलले उपचारपछि सोमबार कीर्तिपुर अस्पतालबाट डिस्चार्ज पाएका छन् भने मेयर आचार्यको अझै केही दिन अस्पतालमै उपचार जारी रहने चिकित्सकहरूले बताएका छन् ।

यस घटनाको विस्तृत अनुसन्धान भइरहेको कास्की प्रहरीका सूचना अधिकारी वसन्त शर्माले जनाएका छन् । उनका अनुसार संलग्न ठानिएका केही व्यक्तिसँग प्रहरी बयान लिइरहेको छ ।

पक्राउ परेका कमलेससँग हाइड्रोजन उत्पादन, भण्डारण र बलुन भर्ने प्रक्रियाबारे जानकारी संकलन भइरहेको छ, साथै कानुनी दायरामा ल्याउन आवश्यक कारबाही प्रक्रिया अघि बढाइँदैछ ।

गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् ।

समितिलाई घटनाको विस्तृत अध्ययन गरी १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्ने निर्देशन दिइएको छ। साथै, आगामी दिनमा हाइड्रोजन ग्यासको नियमनका लागि आवश्यक उपायहरू समेत सिफारिस गर्न भनिएको छ ।

यो पनि –

चरम लापरबाही गर्दा दुर्घटनामा परे मन्त्री र मेयर (तस्बिरहरू)

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १० : २४ बजे

निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी

चार दिन निरन्तर घटेपछि बिहीबार २ अंकले बढ्यो नेप्से 

काठमाडौं– चार दिनसम्म निरन्तर घटेको शेयर बजार साताको अन्तिम दिन

‘अमेरिका-चीन व्यापार वार्ता जारी रहेको दाबी आधारहीन’ 

बेइजिङ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको भारी भन्सार महसुल

कैदीबन्दीलाई सिलाइकटाइ तालिम

मुस्ताङ– जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ

भृकुटीमण्डपमा एमालेको ‘यूथ सेलिब्रेशन’ (तस्बिरहरू)

काठमाडौं– सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको