आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता डा कोइराला | Khabarhub Khabarhub

आगामी चुनावअघि नै कांग्रेसको महाधिवेशन गर्नुपर्छ : नेता डा कोइराला


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

सुर्खेतमा आज नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा कोइरालाले भने, “अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन गर्नुपर्छ । चुनावपछि महाधिवेशन गरे पार्टी कमजोर हुन्छ ।”

नेता डा कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । उनले भने, “सबै एकजुट भएर अगाडि बढ्नुपर्ने अवस्था आएको छ । सरकार पनि यसमा गम्भीर बन्नुपर्छ ।”

अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरुले खबरदारी गरिरहेको उनले बताए । ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ८ : २१ बजे

मधुमेह र समयअघि जन्मेका शिशुको आँखा स्वास्थ्यका लागि तिलगंगाको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं– तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समय अघिनै

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं–  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी

भारतमा डिजिटल जनगणनाको तयारी सुरु

नयाँदिल्ली– भारत सरकारले सन् २०२७ मा आयोजना गर्न लागिएको विश्वकै

प्रहरी हिरासतमा रहेका एक थुनुवाको मृत्यु

काँक्रेविहार– जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु

माधव नेपाललाई रामकुमारीले भनिन् : आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने

काठमाडौं- चार वर्ष लामो यात्रापछि नेकपा (एकीकृत समाजवादी) छाडेर नेकपा