आज २०८१ साल फागुन ९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन ९ गते शुक्रबारको राशिफल


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन ९ गते शुक्रबार फागुन कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि। तदनुसार सन् २०२५ फेब्रुअरी २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। सम्पत्ति प्राप्त भए पनि इज्जतमा दाग लाग्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ। रोजगारीका विकल्प स्वदेशमै भेटिने छन्। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : तपाईंकै बोलीका कारण राम्रो काम बन्नेछ। आज तयार पारेका योजना दीर्घकालसम्म रहनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अभिभावकको साथ लिएर अगाडि बढेमा अधुरा काम बन्नेछन्।

मिथुन : बोल्दा सचेत बन्नुपर्ने दिन छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ ।

कर्कट : शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। यात्रामा जोखिम भएकाले सचेत बन्नुपर्ने दिन छ। केही दान गरेर दिनको सुरुवात गरेमा राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

सिंह : आफन्तबाट एक्लो भएको महसुस हुनेछ। परिवारसँग सल्लाह गरेर सुरु गरेको काम सफल बन्नेछ। खानपानामा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ।

कन्या : दिन सहज छ। कृषिको क्षेत्रबाट लाभ हुनेछ। समाजमा तपाईंको प्रस्ताव पारित हुने भएकाले सामूहिक निर्णय लिनु उचित हुन्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : गुम्न लागेको धन प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको मिहिनेत सफल बन्दा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : नसोचेको अवसर प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। शनिदेवको प्रभावले मनमा झन्झट आइपर्ने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा भाग्यको उदय हुनेछ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यले साथ दिए पनि मन अशान्त बन्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। प्रेम सम्बन्ध सुमधुर होला।

मकर : शुभग्रहको बहुमत रहेकाले लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। साथीबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको प्रतिफल राम्रो हुनेछ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कुम्भ : अचानक स्वास्थ्यमा समस्या देखिने जोखिम छ। लगानीका क्षेत्रमा मन्दीको असर पर्नेछ। शिक्षामा अल्छीपनले घाटा हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। परिवारको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ।

मीन : सुरुवाती साढेसाती दशाले छोएकाले थोरै बोलेर काम गर्नु उचित हुनेछ भाग्यको स्थानमा चन्द्रमा पुगेकाले महत्त्वपूर्ण काम गर्नुपर्ने दिन छ। सहकर्मीसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ४ : ५८ बजे

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान