‘माग्ने बुढा’को जोडी अस्ट्रेलियाको ‘फिन कनेक्स फाइनान्सियल’को ब्राण्ड एम्बेस्डर | Khabarhub Khabarhub

‘माग्ने बुढा’को जोडी अस्ट्रेलियाको ‘फिन कनेक्स फाइनान्सियल’को ब्राण्ड एम्बेस्डर


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र उनकी श्रीमतीसमेत रहेकी कलाकार सीतादेवी तिमल्सेना ‘चन्द्रमुखी’ अस्ट्रेलियाको फिन कनेक्स फाइनान्सियलको ब्राण्ड ऐम्बेस्डर बनेका छन् । कम्पनीले यो जोडीले यसै साता ब्राण्ड ऐम्बेस्डरका रूपमा नियुक्त गरेको हो ।

यो कम्पनी केन्द्रीय कार्यालय अस्ट्रेलियाको सिड्नीमा छ । यस कम्पनीले विगत ६ वर्षदेखि होम लोन, बिजनेश लोन, कर्मसियल लोन,इन्भेटमेन्ट लोन,एसएमएसएफ लोनलगायतका सेवा दिँदै आएको छ ।

कम्पनीका प्रमुख विष्णुप्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसँग जोडिन पाएकोमा आफू खुशी रहेको बताएका छन् ।

अर्यालका अनुसार यस कम्पनीमा धेरै नेपालीहरूले सेवा लिएका छन् । अस्ट्रेलियाका ४० भन्दा बढी संस्थासँग आबद्ध भएर यस संस्थाले सेवा प्रवाह गर्दै आएको उनको दाबी छ ।

उनी भन्छन्, ‘अष्ट्रेलियामा पीआर हात पर्नासाथ घर किन्ने धेरैको सपनालाईमा हाम्रो कम्पनीले साथ दिएको छ । त्यसमा नेपालीहरुले पनि सेवा लिनुभएको छ ।’

अस्ट्रेलिया नेपाली समुदाय बाक्लिँदै गएको अवस्थामा विदेशमा रहेको नेपालीहरूकै सस्थासँग जोडिन पाएकोमा कलाकार केदार घिमिरे खुसी साटेका छन् ।

कलाकार दम्पतीले अब कम्पनीको प्रचार-प्रसारमा जोडिनेछन् । कम्पनीले अस्ट्रेलिया आयोजना गर्ने कार्यक्रममा पनि यो जोडीले सहभागिता जनाउने भएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  १ : ४४ बजे

विवाह भोजमा गएका युवकको हत्या, ३ जनाविरुद्ध मुद्दा दर्ता 

धनगढी – विवाहको भोज खान गएका युवकको कुटपिटबाट मृत्यु भएपछि

कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व हो : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग

इरानी संसदीय अध्यक्ष नसरल्लाहको अन्त्येष्टिमा सहभागी हुने

एजेन्सी – इरानका संसदीय अध्यक्ष मोहम्मद बाघेर गालिबफ हिजबुल्लाहका लामो

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं– महानगरपालिका-४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा

सहरी ग्वालाको दुखेसो- ‘गोठालो भनेर घृणा गर्छन्’

शहरका अग्ला अग्ला घर । हरेक पेशा, व्यवसायका मानिसको खेलोफड्को