गगनको टिप्पणी- अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन « Khabarhub

गगनको टिप्पणी- अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि लोकतन्त्रको विकल्प नखोज्ने बताएका छन् ।

फागुन ७ गतेको प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले विकल्प खोज्ने बेला आएको र त्यसका लागि आफू तयार भएको सन्देश दिएको सन्दर्भमा थापाको यस्तो भनाइ आएको हो ।

‘मलाई के विश्वास छ भने अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन’, उनले विराटनगर विमानस्थलमा भने, ‘म त्यस्तो कुराको कल्पना पनि गर्दिनँ र त्यो मान्दा पनि मान्दिनँ । लोकतन्त्रको विकल्प खोज्ने विषयमा छलफल पनि नगरौँ ।’

उनले अहिले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूलाई सबैले मिलेर सफल बनाउनुपर्ने पनि बताइ । ‘पार्टीबाट सरकारमा जिम्मा पाएका साथीहरूलाई थप सफल बनाउने हो । गलत काम नगर भन्ने हो’, उनले भने, ‘साथीहरूलाई खबरदारी र प्रश्न गर्ने कुरालाई जारी राखेर सफल बनाउनुपर्छ ।’

उनले कांग्रेसको महाधिवेशनलाई नियमित प्रक्रिया भनेका छन् । ‘महाधिवेशनमा समूह बन्छन्, प्यानल बन्छन्, चुनाव भिडिन्छ । त्यो लोकतान्त्रिक अभ्यास हो’, उनले भने, ‘हामीले १५ औँ महाधिवेशन प्रक्रिया थालिसकेका छौँ । विधानले तोकेको सीमाभित्र महाधिवशेन हुन्छ ।’

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  २ : ५७ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी