सात महिनामै नेपालले आयात गर्‍यो सात अर्बको लसुन « Khabarhub

सात महिनामै नेपालले आयात गर्‍यो सात अर्बको लसुन


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आ.व.) को ७ महिनामा नेपालमा झन्डै ७ अर्ब रुपैयाँ बराबरको लसुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको तथ्यांकअनुसार नेपालमा माघ मसान्तसम्म ६ अर्ब ८७ करोड ४१ लाख ६९ हजार रुपैयाँ बराबरको लसुन आयात भएको हो ।

पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा अघिल्ला वर्षहरूमा बढीमा साढे २ अर्ब सम्मको लसुन आयात हुने गरेको देखिन्छ । तर, चालु आवको ७ महिनामै विगतको तुलनामा झण्डै तेब्बर बढी लसुन आयात भएको आश्चर्यजनक तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

नेपालमा कतिपय वस्तु ठूलो मात्रामा आयात भएर आंशिक वा पूर्ण प्रशोधनपश्चात् निर्यात पनि हुने गरेको छ । तर, लसुन भने आयात भएर त्यही अनुपातमा निर्यात भएको देखिँदैन ।

भन्सार विभागका अनुसार चालु आवको माघ मसान्तसम्म नेपालबाट ३ लाख ८३ हजार रुपैयाँ बराबरको ९२० किलो लसुन निर्यात भएको छ ।

त्यस्तै, अघिल्लो आव ०८०/८१ मा २ लाख १२ हजार रुपैयाँ बराबरको १८४ किलो र आव ०७९/८० मा ६ लाख ९३ हजार रुपैयाँ बराबरको ४ हजार १४६ किलो लसुन निर्यात भएको थियो । जुन परिमाण आयातको तुलनामा नगन्य हो ।

आव ०७७/७८ र ०७८/७९ मा भने नेपालबाट कुनै पनि परिमाणमा लसुन निर्यात भएको देखिँदैन ।

नेपालमा अघिल्लो आवबाट लसुनको आयात हुने क्रम बढेको देखिएको छ । जुन चालु आवको माघ महिनासम्म आउँदा तेब्बरले वृद्धि भएको छ ।

सामान्यतया मसलाजन्य सामग्रीको रूपमा प्रयोग गरिने लसुनको खपत एक्कासी तेब्बर मात्रामा हुनसक्दैन । त्यसैले लसुन आयात र यसको प्रयोगको विषयमा आशंका पैदा गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ५ : २८ बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्