च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल र एट्लेटिको, बायर्न र लेभरकुजेन, लिभरपुल र पीएसजी भिड्ने « Khabarhub

च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल र एट्लेटिको, बायर्न र लेभरकुजेन, लिभरपुल र पीएसजी भिड्ने


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को ‘ड्र’ शुक्रबार सार्वजनिक भएको छ । अन्तिम १६ मा चर्चित र ठूला क्लब भिड्ने भएका छन् ।

स्पेनिस महारथि रियल मड्रिड अन्तिम आठमा पुग्न सहरी तथा घरेलु प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग खेल्ने भएको छ। यी स्पेनिस प्रतिद्वन्द्वी सन् २०१४ र २०१६ को फाइनलमा भिडेका थिए। जसमा दुवै भिडन्तमा रियल विजयी भयो ।

अर्कातिर बुन्डेसलिगाका दुई प्रतिद्वन्द्वी पनि अन्तिम १६ मा आमनेसामने हुँदैछन् । बुन्डेस लिगाको होडबाजीमा रहेका बायर लेभरकुजेन र बायर्न म्युनिखबीच अन्तिम ८ का लागि भिडन्त हुने भएको छ।

बुन्डेस लिगाको जारी सिजनमा पछिल्लो भेट हुँदा दुवैले बराबरी खेले । युईएफएले नयाँ संरचनामा लिग बनाएर यही सिजनदेखि एकै देशका टोलीलाई एकअर्काविरुद्ध उतार्न सक्ने व्यवस्था गरेको छ ।

पुरानो नियममा एकै देशका क्लब अन्तिम १६ मा एकअर्काविरुद्ध आमनेसामने हुन पाउँदैनथिए । नयाँ संरचनाअनुसार यो सिजनको अन्तिम १६ मै ‘म्याड्रिड डर्बी’ र ‘जर्मन क्लासिक’हुन लागेको हो ।

उता इङ्लिस क्लब लिभरपुलले बलियो प्रतिद्वन्द्वी पाएको छ । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले कठिन प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग भिड्नुपर्ने भएको छ । लिभरपुल र पिएसजी यो सिजनको नकआउट चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टोली हुन् । उनीहरूको यो पहिलो भेट हो ।

दुई क्लब सन् २०१८–१९ को समूह चरणमा भिडेका थिए । त्यसबेला दुवैले घरेलु क्लबमा जित आफ्नो पक्षमा पारे । पीएसजीलाई पाखा लगाएको लिभरपुलले त्यसबेला उपाधि चुमेको थियो ।

युईएफएका अनुसार पहिलो लेगका खेल आगामी मार्च ४ र ५ मा हुनेछन्। दोस्रो लेगका खेल पहिलो लेगको सातापछि हुनेछन् ।

उता स्पेनिस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकालाई प्रतिवद्वद्वी पाएको छ । आर्सनलले पीएसभी आइन्धोभेनसँग भिड्नेछ । इन्टर मिलानले फेयनोर्डलाई प्रतिद्वन्द्वी पाएको छ। उता क्लब ब्रुग र एस्टन भिल्ला भिड्नेछन् । बोरुसिया डर्टमुन्ड र लीलबीच अन्तिम १६ मा भेट हुने भएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ७ : ५६ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको