सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह « Khabarhub

सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्छः उपप्रधानमन्त्री सिंह


९ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कैलाली – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई सैद्धान्तिकसँगै सीप विकाससँग जोडेर शिक्षा दिनुपर्ने बताएका छन् ।

टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उनले टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्नुपर्ने धारणा राखे । उनले शैक्षिकस्तर सुधार गर्न विद्यालयको विकासमा सबै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

“टीकापुरलाई शैक्षिक नगरका रूपमा विकास गर्न सबैले सहकार्य गर्न जरुरी छ । विद्यार्थीलाई सैद्धान्तिक पढाइसँगै सीप विकाससँग जोडेर विद्यालयतहदेखि शिक्षा दिनु आजको आवश्यकता हो”, उपप्रधानमन्त्री सिंहले भने । उनले प्रविधि तथा सीप विकासमा लगानी गरी दक्ष र सीपयुक्त जनशक्ति उत्पादनमा विद्यालय केन्द्रित हुनुपर्नेमा जोड दिए ।

टीकापुर ‘स्मार्ट सिटी’का रूपमा विकास हुन सुरु भएको भन्दै उनले शिक्षाका माध्यमबाट यसलाई अझ सशक्त बनाउनुपर्ने उहाँले धारणा राखे । “केही समय स्मार्ट सिटीका कार्यक्रमहरू अघि बढ्न सकेका छैनन्, आगामी दिनमा यसलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछु”, उनले भने।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ८ : २० बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि