लोकतन्त्रको विकल्प छैन : गृहमन्त्री  | Khabarhub Khabarhub

लोकतन्त्रको विकल्प छैन : गृहमन्त्री 


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताएका छन्। आज काठमाडौँमा आयोजित सुदूरपश्चिम कानुन समाजको प्रथम अधिवेशनमा उनले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताए । 

‘अहिलेको संविधानले लोकतन्त्रलाई सुनिश्चित गरेको छ, यसको विकल्प खोज्ने भनेको मुलुकलाई संकटमा धकेल्ने काम हो, त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणको डटेर सामना गर्नुपर्छ’, उनले भने। 

लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकले बताए। दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उनले बताए। संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याए । 

कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता हुन् भन्दै उनले  राज्यका सबै अंगमा सुदूरपश्चिमको उचित प्रतिनिधित्व गराउन आफू लागिपरेको बताए।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : ०९ बजे

भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर

काठमाडौँ- ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा नेपाली सेनाको हेलिकप्टर

कलङ्कीमा आन्दोलनरतमाथि प्रहरीले गोली चलायो

काठमाडौँ – कलङ्कीमा जेन-जी प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ ।

विमलेन्द्र निधिको घरमा पनि आगजनी

काठमाडौं– नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको घरमा आगजनी भएको छ

ओली क्याबिनेट छाड्ने मन्त्रीको सङ्ख्या चार पुग्यो

काठमाडौँ – प्रधानमन्त्री केपी ओली अध्यक्षताको मन्त्रिपरिषद्‌ (क्याबिनेट) छाड्ने मन्त्रीको

आन्दोलनकारीले लगाए गगन थापाको घरमा आगो

काठमाडौं– जेन–जी पुस्ताले सुरू गरेको आन्दोलनमा सरकारले बल प्रयोग गरेपछि