१५औँ महाधिवेशन विधान र संविधानको प्रावधानअनुसार हुन्छ : प्रकाशमान सिंह « Khabarhub

१५औँ महाधिवेशन विधान र संविधानको प्रावधानअनुसार हुन्छ : प्रकाशमान सिंह


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १५ औँ महाधिवेशन पार्टीको विधान र नेपालको संविधानमा भएको प्रावधानअनुसार हुने बताएका छन् । कांग्रेस धनुषाले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले सबैलाई मिलाएर आगामी महाधिवेशन हुने बताएका हुन् ।

‘विधि नियमअनुसार परिस्थिति हेरेर पार्टीको महाधिवेशन हुने हो । बहुदलीय व्यवस्था पुनर्स्थापना भएदेखि नै चार वर्षमा कहिल्यै महाधिशेन भएको छैन,’ पूर्वमहामन्त्री सिंहले भने, ‘कांग्रेस राजनीतिक पार्टी हो । पार्टीको विधान, देशको संविधानको प्रावधानअनुसार सबैलाई मिलाएर महाधिवेशन हुने हो,’ ।

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री समेत रहेका सिंहले कांग्रेसमा आन्तरिक व्यवस्थापन हुन नसक्दा बलियो भएर पनि पार्टी  कमजोरजस्तो देखिएको बताए ।

‘कांग्रेस बलियो छ । आन्तरिक व्यवस्थापन गर्न नसक्दा हामी कमजोर भइरहेका छौँ,’ उनले भने, ‘समस्या पत्ता लगाइसकेपछि समाधान कसले गर्छ रु हामीले गर्ने हो । पार्टीलाई व्यवस्थित गर्ने, सबैलाई स्थान दिने गरी पार्टी संगठनलाई अघि बढाऔँ ।’ 

कांग्रेस पार्टीलाई केन्द्रमा राखेर सोचे पार्टीभित्र वृहत्तर एकता कायम हुने भन्दै सिंहले अहिले कांग्रेसलाई ‘साइड लाइन’मा राखेर आफ्ना गुटहरू, उपगुटहरूलाई केन्द्रमा राख्ने स्वार्थी प्रवृत्ति देखा परेकोमा चिन्ता व्यक्त गरे 

उनले पार्टीभित्रका मनमुटाव समयमै व्यवस्थापन गर्नुपर्ने र त्यसका लागि पार्टीकै नेता–कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिए । पार्टीको नीति, सिद्धान्तलाई केन्द्रमा राखे पार्टीभित्रको विभाजित मानसिकताको अन्त्य हुने नेता सिंहको भनाइ थियो । 

कार्यक्रममा कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा, कांग्रेस केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना, गुरु बराल, नैनसिंह महर सहभागी थिए । कांग्रेस पूर्वमहामन्त्री सिंह धनुषामा रहँदा शनिबार पार्टीको प्रचार प्रसार विभागले आयोजना गरेको कार्यक्रममा पनि सहभागी हुने छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  १ : १२ बजे

रास्वपा महाधिवेशन स्थलको अनुगमनमा गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन

रास्वपाको महाधिवेशनमा ४ विपक्षी दलका नेता सहभागी हुँदै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा ४ विपक्षी

बैंकको सीईओ एक्लैको तलब सबै कर्मचारीले पाउने तलबको २ देखि ३ प्रतिशतसम्म

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी

उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु

बैङ्कक– उत्तरी थाइल्याण्डमा निर्माणाधीन रेलवे सुरुङभित्र भारी उपकरण खस्दा दुई

सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा– साँफे–मार्तडी राजमार्गअन्तर्गत  बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना