कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु « Khabarhub

कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना सुरु


१० फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न सुरु भएको छ । गत आर्थिक वर्षदेखि स्थापनाको काम सुरु गरिएकामा चालु आवमा निर्माण थालिएको हो ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशु नश्ल सुधार गरी उत्पादन वृद्धि गर्ने उद्देश्यले पशुपन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको परिसरमा ‘तरल नाइट्रोजन प्लान्ट’ स्थापना गर्न लागेको निर्देशनालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य राखी तरल नाइट्रोजन प्लान्ट निर्माण सुरु भएको हो । प्लान्ट स्थापनापछि गाई, भैँसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन गर्ने उद्देश्य पुरा हुने उनले बताए ।

गत आवमा रु ४० लाखका विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)बनाएर चालु आवमा रु चार करोड ८५ लाख बजेट विनियोजन भएपछि कर्णाली प्रदेशमा पहिलोपटक प्लान्ट निर्माण सुरु भएको प्रवक्ता कठायतले जानकारी दिए । प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउनका चालु आवमा सरकारले पर्याप्त बजेट विनियोजन गरेकाले सम्झौता भई काम अघि बढाइएको उनले बताए ।

“पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान गर्न तरल नाइट्रोजन प्लान्ट आवश्यक पर्ने गर्दछ । नश्ल सुधारका लागि अहिले कर्णाली प्रदेशले पशुको वीर्य बाहिरबाट ल्याउनु पर्ने बाध्यता छ”, प्रवक्ता कठायतले भने ।

बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्ट सहयोगी हुने उनले विश्वास व्यक्त गरे । उनका अनुसार पशुपन्छी विकास निर्देशनालयले यहाँका दुई सय ५० किसानले पालन गरेका पशुचौपायामा कृत्रिम गर्भाधान सेवा दिँदै आएको छ ।

दूध र मासु उत्पादनका लागि कृत्रिम गर्भाधानमार्फत् नश्ल सुधार अत्यन्त प्रभावकारी भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार पाँच सय भन्दाबढी कृतिम गर्भधानको माग किसानबाट आइरहेको मन्त्रालयका प्रवक्ता कठायातले जानकारी दिए ।

प्लान्ट स्थापना भएपछि तीन वर्षसम्म प्राविधिक पक्ष निर्माण व्यवसायले हेर्ने सम्झौता भएको छ । प्लान्ट स्थापनापछि नाफा र घाटा हिसाब आठ वर्षपछि मात्र आउने उहाँले जानकारी दिए ।

प्रकाशित मिति : १० फाल्गुन २०८१, शनिबार  ८ : १६ बजे

अत्यावश्यकबाहेक यात्रा नगर्न चितवन प्रशासनको अनुरोध

चितवन – निरन्तर भइरहेको वर्षाका कारण हुनसक्ने सम्भावित बाढीपहिरोको जोखिमलाई

निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध, यात्रा नगर्न आग्रह

चितवन – निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि पूर्ण

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित