दशैंका लागि बाँकेबाट ३ हजार खसी काठमाडौं पठाइँदै « Khabarhub

दशैंका लागि बाँकेबाट ३ हजार खसी काठमाडौं पठाइँदै


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका ३ हजार खसी काठमाडौं  पठाइने भएका छन् । गत वर्षको दशैंमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् ।

उनका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत काठमाडौं पठाउन लागिएको हो । काठमाडौंका व्यापारीसँग मिलेर महिलाले पालेका ती खसी काठमाडौं पठाइने अध्यक्ष शाहले जानकारी दिइन् ।

भारतीय खसीको तुलनामा यहाँ पालेका खसी मोटा र राम्रा भएकाले काठमाडौंगायत शहरमा माग बढ्दो छ । महिलाले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको शाहको भनाइ छ ।

महिला समूहमा आवद्ध दिदीबहिनीले गाउँमा पालेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घद्वारा ढकेरीमा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्रमार्फत बिक्री गर्ने गरेका छन् ।

महिलाले पालेका खसीबोकाको बजारीकरणमा समस्या नहोस् भन्नका लागि ढकेरीमा एक पटकमा ५०० खसी बाख्रा राख्न मिल्ने नमूना केन्द्र निर्माण गरिएको केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए ।

यसलाई विस्तार गरी उक्त केन्द्रमा खसीको सङ्ख्यामा वृद्धि गर्दै व्यवसाय सञ्चालन गर्ने र आगामी दुई वर्षभित्रमा केन्द्रमा वार्षिक ३० हजार भन्दाबढी खसी सङ्कलन गरी बिक्री वितरण गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  ११ : १६ बजे

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री

नक्कली भुटानी शरणार्थी : प्रकरण टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी दोषी ठहर

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा शरणार्थी नेता टेकनाथ रिजालसहित तीन

आजका समाचार : एडीबीले नेपाललाई सहयोग गर्ने, मौद्रिक नीति सार्वजनिक, मनाङमा चामलको माग बढ्यो र हर्मुजमा फेरी हमला

चार विधेयक विधायन समितिमा पठाउने प्रस्ताव स्वीकृतराष्ट्रियसभाले विभिन्न चार विधेयक